चीनमा ६.५ रेक्टर स्केलको भूकम्प
बेइजिङ, असार १८ – चीनको दक्षिणी भागमा रहेको शिजियांग प्रान्तमा ६.५ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ९ बजेर ७ मिनेट जाँदा उक्त भूकम्प गएको हो ।
भूकम्पमा चार जनाको निधन भएको छ भने ४८ जना घाइते भएका छन् । भूकम्पपछि ३ र ४.६ रेक्टरस्केलको परकम्पन पनि महसुस गरिएको थियो ।

चीनको अर्थक्वेक नेटवर्कका अनुसार भूकम्पको केन्द्र विन्दु शिनजियांगको गुमा भन्ने स्थानमा रहेको थियो । शिनजियांग प्रान्तमा यस हप्ताको दोस्रो र वर्षको आठौं भूकम्प हो ।
सन् २००८ मा सिचुआन प्रान्तमा आएको भूकम्पमा परी ७० हजार जनाले ज्यान गुमाएका थिए ।
0 comments
Write Down Your Responses