Powered by Blogger.
सलमानले बजरंगी भाईजानको नाफा किसानलाई बाँड्ने

एजेन्सी / सलमान खानको चर्चित चलचित्र बजरंगी भाईजानले प्रदर्शनको ६ दिनभित्रै विश्वभरबाट २ सय ३८ करोड भारु कमाएको छ । भारतमा मात्रै बजरंगी भाईजानले बुधबारसम्म १ सय ६९ दशमलव ०७ करोड भारु कमायो ।

फिल्मको सफलतापछि दंग परेका सलमान खानले चलचित्रबाट प्राप्त मुनाफाले किसानहरुलाई सहयोग गर्ने बताएका छन् । निर्माता सलमान खान र राँकलाइन वेंकटेशले ऋणमा डुबेका किसानहरुको मद्दतका लागि रकम दिइने बताए । भातरमा ऋणमा डुबेपछि किसानहरुले सरकारी सहायता नपाउँदा आत्महत्या गर्ने गरेका छन् ।


,

0 comments

Write Down Your Responses