Powered by Blogger.
मधेसी नेताले बिहारमा पुगेर मोदीलाई ज्ञापनपत्र बुझाए नेपालको संविधान चीनको इशारामा बन्न लागेको आरोप

११ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि त्यहाँका माओवादीकोहरुको थ्रेट रहेको चर्चा भइरहँदा उनको मुजफ्फरपुरको भ्रमणमा नेपालका मधेसी नेताले भेटेर ज्ञापनपत्र बुझाउन सफल भएका छन् ।
मोदी दिल्लीबाट मुजफ्फरपुर आएका बेला उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउत र पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवले ज्ञापनपत्र बुझाएका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीलाई बुझाइएको ज्ञापनपत्रमा नयाँ संविधानले मधेसमा नागरिकता लगायतको समस्या समाधान गर्न नसकेको लगायतका विषयहरु उल्लेख छन् ।
बिहारको मुजफ्फरपुरमा शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष चुनावी सभालाई सम्बोधन गरेका थिए । उक्त कार्यक्रमा समेत नेपालका मधेसी नेता राउत र यादव सहभागी थिए । चुनावी सभापश्चात राउत र यादवले मोदीलाई मधेसका वारेमा ज्ञापन पत्र बुझाएका थिए ।
संघीय समाजवादी फोरमका नेता प्रदीप यादवका अनुसार मोदीलाई बुझाइएको ज्ञापनपत्रमा मधेसको नागरिकता, संघीयता, समानुपातिक प्रतिनिधित्व लगायतका सवालहरु उल्लेख गरिएका छन् ।
मस्यौदा चीनको इशारामा बनेको आरोप
यसैवीच आइतबार मुजफ्फरपुरमै नेपाल र भारतका पत्रकारका तर्फबाट भन्दै दुई देशका नेतावीच अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्ने भारतीइ नेताहरुले नेपालमा सविभानसभा चिनियाँ इसारामा संविधानको मस्यौदा ल्याएको गम्भीर आरोप लगाए ।
भारतको विहार राज्यको व्यापारिक सहर मज्जफरपुरमा नेपाल र भारतको सम्बन्धमा संकट र त्यसको निदान विषयक अन्तकि्रया कार्यक्रममा भारतीय सांसदहरुले चिनियाँहरुको ईसाराको नेपालका प्रमुख नेताहरुले यस्तो मस्यौदा ल्याएर नेपाल र भारतवीचको सम्बन्धलाई समाप्त पार्न लागेको बताए ।
भारतको राज्यसभामा मज्जफरपुरवाट प्रतिनिधित्व गर्ने सांसद डा.अनिल सहनीले केही प्रमुख दलका नेताहरुले चिनियाँ प्रभावमा नागरिकता लगायतको मधेस विरोधी प्रावधान ल्याएकोतर्क गरे ।
अन्तरक्रिया कार्यक्रममा नेपालका तर्फबाट उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउत र पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव सहभागी थिए ।
कार्यक्रमको आयोजना मिडिया फर बोर्डर हारमोनीले गरेको थियो ।


,

0 comments

Write Down Your Responses