दाँत सेता बनाउन के गर्ने?
दाँतको हेरविचार पुर्याइएन भने दाँत पहेँलो हुनसक्ने सम्भावना हुन्छ। सूर्ति, रक्सि, गुट्खाआदी खाने, सफा नगर्ने गरेमा दाँतको सुन्दरतामा कमी आउँदै जान्छ। जानकारीको अभावमा धेरै मानिसहरु दाँत सेतो बनाउन विभिन्न केमिकलहरुको प्रयोग गर्ने गर्छन्। यसो गर्नाले दाँतमा नकरात्मक असर पर्छ।

दाँत पहेँलो हुँदा सुन्दरतामा कमी आउनुका साथै आत्मविश्वासमा पनि कमी आउँछ। त्यसैले पहेँलो भएको दाँतको सुधारका लागि केही घरेलु उपायहरु यसप्रकार रहेका छन्।
१. दिनहुँ गाँजर खानाले दाँतको पहेँलोपना कम हुँदै जान्छ। विशेषगरी खाना खाइसकेपछि गाँजर खाँदा दाँत सफा हुन्छ।
२.केरालाई पिसेर यसको पेष्ट बनाउने र दिनहुँ यो पेष्टले १ मिनेटसम्म दाँत मसाज गरेर ब्रस गर्ने गरेमा पनि विस्तारै दाँत सेतो हुँदै जान्छ।
३. त्यस्तै सुन्तलाको बोक्रा र तुलसीको पातलाई सुकाएर पाउडर बनाउने र दिनहुँ ब्रश गरेपछि यो पाउडरले दाँत मसाज गर्ने। सुन्तलामा हुने भिटामिन सी र क्याल्सियमको कारण दाँत सेतो हुँदै जान्छ।
४. तुलसीमा दाँतको पहेँलोपना हटाउने तत्व रहेको हुन्छ। साथै तुलसीले मुख र दाँतका अन्य रोगहरु हटाउन पनि मद्धत गर्छ। तुलसीको पातलाई घाममा सुकाएर, पिसेर, पाउडर बनाउने र मञ्जनसँग मिसाएर दिनहुँ दाँत माझ्ने गरेमा दाँत सेतो हुन्छ।
५. नीमको उपयोग प्राचिनकालमा पनि दाँत सफा गर्न गरिन्थ्यो। यो प्राकृतिक एन्टीबयाक्टेरियल र एन्टिसेप्टिक पनि हो। दैनिकरुपमा नीमको डाँठले दाँत सफा गर्नाले दाँत र मुखका विभिन्न रोगहरुको सम्भावना कम हुनुका साथै दाँतको पहेँलोपन पनि कम हुन्छ।
यी बाहेक कागती र पानीको बराबर मात्रा मिलाएर खाना खाएपछि कुल्ला गर्ने, नुनमा तोरीको तेल मिसाएर दाँत माझ्ने, ओलिभ (जैतुन)को तेलमा एप्पल भिनेगार मिसाएर ब्रशले विस्तारै दाँत माझ्ने गर्नाले पनि दाँतको पहेँलोपना कम भएर जान्छ।
0 comments
Write Down Your Responses