Powered by Blogger.
हिन्दु धर्मका समर्थक र प्रहरीबीच झडप, इटहरी तनावग्रस्त

करिब एक दर्जन घाइते, धर्मगुरु श्रीनिवासचार्य प्रहरी नियन्त्रणमा
१२ साउन, इटहरी । हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि सुनसरीको इटहरी तनावग्रस्त भएको छ ।

धर्मगुरु र साधुसन्तसहित हिन्दु धर्मका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ भने करिब एक दर्जन सेल अश्रुग्याँस प्रहार गरेको छ ।
धर्मगुरु श्रीनिवासचार्यलाई प्रहरीले नियन्त्रणमा लिएपछि हिन्दु धर्मका समर्थकहरु थप आक्रोशित हुँदै प्रदर्शनमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
झडपमा करिब १ दर्जन प्रदर्शनकारी र २ जना प्रहरी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ ।


,

0 comments

Write Down Your Responses