Powered by Blogger.
संस्था छनौटमा मनपरी गरेको भन्दै सबलमा तालाबन्दी

बुदकुमार अाछामी
सिन्धुली/१२ श्रावण/सिन्धुली जिल्लामा आफ्ना विभिनन् कार्यक्रमहरु सञ्चालन गर्न लागेको सवल आयोजना स्थानीय गैर सरकारी संस्थाहरुको छनौटमा मनपरी गरेको भन्दै जिल्लामा सञ्चालित १ दर्जन भन्दा बढी गैर सरकारी संस्थाहरुले आज उक्त आयोजना कार्यालयमा तालाबन्दी गरिदिएका छन । 
युएसएआइडी, हेलेन किलर, सेभ द चिल्ड्रेन, केयर नेपाल लगायत ४ वटा अन्तरष्ट्रिय गैर सरकारी संस्थाहरु र ७ वटा गैर सरकारी संस्थाहरुले सयुक्त रुपमा सबल नामको आयोजना बनाएर सिन्धुली जिल्लामा ४ वर्षको कार्यक्रम सञ्चालन गर्न लागेको हो । उक्त कार्यक्रम अन्र्तगत सिन्धुली जिल्लाका विभिनन् २१ वटा गाविसहरुमा कार्यक्रमहरु सञ्चालन हुने छन । 
जिल्लामा कार्यक्रम सञ्चालन गर्नका लागी स्थानीय गैर सरकारी संस्थाहरुसँग प्रस्तावना माग गरेको उक्त आयोजनाले लामो समय पछि संस्था छनौटको काम सोमबार सम्पनन् गरेको थियो । संस्था छनौटको अन्तिम नतिजा निस्कने वित्तिकै जिल्लाका १ दर्जन भन्दा बढी गैर सरकारी संस्थाहरु संस्था छनौटमा मनपरि गरेको भन्दै आयोजनाको कार्यालयमा तालाबन्दी गरिदिएका हुन । 
स्थानीय गैर सरकारी संस्थाहरुले आज एक प्रेश विज्ञप्ती जारी गर्दै प्रकाशित नतिजा रद्ध गरी संस्था छनौटको लागी पुन विज्ञापन गर्नुपर्ने माग गरेका छन । आयोजनाका लागी १२ वटा संस्थाले आवेदन दिएको भएपनि सिड्स नेपाल र हाम्रो प्रयास नेपाल आयोजना सञ्चालनका लागी छनौट भएका थिए । 
स्थानीय संस्थासँग प्रस्तावना पत्र माग गरिएको भएपनि अन्तराष्ट्रिय गैर सरकारी संस्थाको शाखाको रुपमा रहेको नेपाल रेडक्रश सोसाइटी सिन्धुलीसँगको सहकार्यमा प्रस्तावना पेश गरेको सिड्स नेपालले कार्यक्रम पाउने निर्णय आयोजनाले गरेको छ । भने संस्था छनौटको क्रममा राजनैतिक र आर्थिक चलखेल समेत भएको चर्चा बजारमा चलेको छ । 
बैशाख १२ र २९ गतेको बिनासकार भुकम्प पछि जिल्ला प्रवेश गरेको अन्तराष्ट्रिय र राष्ट्रिय गैर सरकारी संस्थाहरुले मनपरि र अपारदर्शी काम गर्दै आएको आरोप दिनदिनै लागीरहेको बेला सबल आयोजनाले पुन जिल्लामा मनपरि गरेको आरोप लागेको छ । 
सबल आयोजनाका सिन्धुली प्रमुख सुक्र पौडेलले संस्था छनौटमा आफु सहभागी नरहेको बताउँदै उजुरी र आरोपको बारेमा छलफल हुने बताए । गत बर्ष पनि वल्र्ड भिजन नेपालले जिल्लामा मनपरि गरेको भन्दै स्थानीयहरुले कार्यालयमा तालाबन्दी नै गरिदिएका थिए । भुकम्प पछि जिल्लामा अन्तरष्ट्रिय र राष्ट्रिय स्तरका गैर सरकारी संस्थाहरुले मनोमानी रुपमा विभिनन् अपारदर्शी गतिविधीहरु सञ्चालन गर्दै आएको भएपनि सम्बन्धीत निकायले त्यसलाई नियमन गर्न सकेको अवस्था छैन । 


,

0 comments

Write Down Your Responses