विप्लबले समान्तर सत्ता गठन गर्ने
काठमाडाैं
नेकपा माओवादी विप्लब पक्षले स्थानीय तहमा समान्तर सत्ता गठनगर्ने केन्द्रिय सर्कुलर कार्यकर्ताहरुमा जारी गरेको छ।
नाम उल्लेख नगर्ने सर्तमा उनले भने ‘प्रशिक्षणमा सहभागि राप्ती अञ्चलका पाँच वटै जिल्लाका दुई सय वढी कार्यकर्तालाई त्यसैको तयारी गर्न प्रशिक्षण दिइएको हो।' सरकार एकलौटि ढंगले अगाडि बढे बैद्यानिक तरीकाले आन्दोलन खुलाउने केन्द्रीय नीति रहेको प्रशिक्षणका क्रमममा प्रमुख अतिथि तथा पोलिटव्यूरो सदस्य सञ्तोष बुढाले बताएको ति कार्यकर्ताले जानकारी दिए।
मध्यपश्चिम व्यूरो इञ्चार्ज समेत रहेका बुढाले संगठनको जालो देश भर बनाउन सक्रिय भएर संगठन विस्तारमा लाग्न निर्देशन समेत दिएका छन्। त्यसका लागि केन्द्रमा रहेकाहरु जिल्ला स्तरमा आउने र जिल्लामा रहेकाहरु केन्द्र स्तरमा जाने निर्णय उक्त पार्टीले गरेको छ।
देश व्यापी रुपमा पार्टी सुद्रिढिकरण संचालन गर्ने केन्द्रिय सर्कुलरपनि कार्यक्रममा पढेर सुनाइएको थियो। राप्ती अंचल स्तरीय प्रशिक्षण कार्यक्रमा मस्यौदा संकलनको विरोधमा भएको आन्दोलनको समिक्षा, साउन ६ गते गरिएको नेपाल वन्दको समिक्षा गर्दै बैद्यानिक संघर्षको कार्यक्रम सफल भएको निष्कर्षमा पुगिएको ति कार्यकर्ताले बताए।
यसैबीच मंगलवार बिहान १० बजे देखि ११ बजे सम्म देश व्यापी चक्का जाम गरेकाे छ। मस्यौदा संकलनको विरोधका क्रममा देशभरबाट पक्राउ परेका कार्यकर्ताको रिहाइको मागगर्दै एक घन्टा चक्का जामको कार्यक्रम अयोजना गरिएको जनाइएकाे छ
पूर्वी जिल्लामा पक्राउ परेका कार्यकर्ता अझै रिहाई नगरिएकोले राज्यलाई दबाव दिन चक्का जामको कार्यक्रम आयोजना गरिएको उनले वताए। केन्द्रीय सदस्य आधारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पोलिट व्यूरो सदस्य बुढा थिए। नयाँ पार्टी गठन गर्दा पनि सो पार्टीले सोहि पार्टी प्यालेसमा केन्द्रीय कार्यक्रम आयोजना गरेको थियो।
प्रशिक्षण स्थलमा मिडियालाई प्रवेश निषेध गरिएको थियो। यो खबर तयार पार्दा सम्म पनि जिल्ला नेतृत्वदेखि अधिकांश पदाधिकारीहरुको मोवाई अफ नै गरेका थिए ।
0 comments
Write Down Your Responses