Powered by Blogger.
एनआरएन इजरायलको अध्यक्षमा ओली निर्वाचित

इजरायल । गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलको अध्यक्षमा दीपकप्रसाद ओली निर्वाचित भएका छन् ।
एनआरएनको मतगणना भइरहेका बेला गणना गर्न बाँकी रहेका ६१ मत खोसेर लगेकोले परिणाम घोषणा कार्यक्रम स्थगित गरिएको थियो ।


गणना भएका परिणाममा गरेको हस्ताक्षरसहितको विवरण तथा विभिन्न पदका उम्मेदवारले प्राप्त गरेको मत, बदर भएको मत र गणना भएको मत र गणना हुन बाँकी मतको पूर्ण विवरण तयार गरी अन्तिम निर्णयका लागि एनआरएन आईसीसीको केन्द्रीय कार्यालय, एनआरएनको क्षेत्रीय कार्यालयहरु तथा नेपाली दूतावास इजरायल तथा एनआरएन केन्द्रीय प्रतिनिधि भगवति बस्नेतलाई पनि बोधार्थ पठाइएको एनआरएन निर्वाचन समिति इजरायलका संयोजक नवराज खड्काले जनाएका छन् । महिला सदस्यको परिणाम भने रद्द गरिएको निर्वाचन समितिले जनाएको छ ।

महिला सदस्यमा संगीता देवी ओली र सुजाता गौतम प्रतिष्पर्धी छन् । गणना नगरिएको मतबाहेक संगीता झिनो मतले अघि रहेकाले उक्त पदमा मात्रै रद्द गरिएको समितिको भनाई छ ।

एनआरएन इजरायलको घोषित परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा विशाल ज्ञवाली, महिला उपाध्यक्षमा यमुना बस्नेत ढकाल, उपाध्यक्षमा छिरिङ लामा शेर्पा, सचिव विनोद घिमिरे र कोषाध्इषमा ताराबहादुर काउचा निर्वाचित भएका छन् ।

संघको युवा प्रतिनिधिमा बालकुमार राई तथा सदस्यहरु गोपी गुरुङ, भारती लिम्बु, रुकमायाँ रेग्मी, नयनप्रसाद रेग्मी, ओमबहादुर गुरुङ र सरिता विष्ट निर्विरोध निर्वाचित भएका छन् ।


,

0 comments

Write Down Your Responses