अर्जेन्टिनाको जर्सीमा फेरि चुके मेस्सी
२० असार, काठमाडौं । चार पटकका बालोन डिओर विजेता लिओनल मेस्सी पहिलो अन्तराष्ट्रिय मेडल जित्न फेरि एक पटक चुकेका छन् ।
गत वर्ष विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिना कोपा अमेरिकामा आयोजक चिलीसँग टाइब्रकेरमा स्तभ्ध भयो । विश्वकपमा २४ वर्षपछि उपाधि दिलाउने मौका थियो भने कोपा अमेरिकामा २२ वर्षपछि ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiJqdzTqS4dduB8jprgdunVgt-0ao8cqNUT0Y0cWBQM23OuyW6wGei6qyYtoAYGkqghzCbntJVHtIk2b2dPQXzhVY9P41AjE4LPB9_IfFrZKXsEJ3Q5gLgphG_2UIZwAlW-VHYBKbetWzc/s640/Lionel-Messi-5.jpg)
खेलको अन्तिममा उनले गोन्जालो हिगुइनका लागि सुन्दर अबसर श्रृजना गरेका थिए । तर, हिगुइन फेरि फिनिसिङमा चुके ।
कोपा अमेरिकाको हारको सबै दोष २८ वर्षे मेस्सीलाई मात्र दिन उपयुक्त हुँदैन । मेस्सीको टिममेटले केही स्पेस बनाए पनि फवार्ड फिनिसिङमा भने चुकेकै हुन् ।
नापोलीका फवार्ड हिगुइन भने फेरि सर्वाधिक आलोचनाको केन्द्रमा परेका छन् । विश्वकपको फाइनलमा उनले जर्मनीविरुद्ध गोल गर्ने सुन्दर मौका गुमाएका थिए ।
चिलीविरुद्ध पनि त्यस्तै भयो । पटक पटक चुक्दा उनी आफैंलाई पनि आत्मग्लानी भएको हुनुपर्छ । उनी निर्धारित ९० मिनेटमा अन्तिम मिनेटमा मात्र चुकेनन्, पेनाल्टीमा पनि गोल गर्न असफल रहे । जसले चिलीलाई फाइदा पुग्यो ।
0 comments
Write Down Your Responses