सिन्धुलीमा झण्डै पाँचसय सहकारी, ५२ हजार भन्दा बढी शेयर सदस्य
सिन्धुली/२० असार/पछिल्लो समय सिन्धुली जिल्लामा सहकारी संस्थाहरुको संख्या ह्वातै बढेको छ । डिभिजन सहकारी कार्यालय धनुषाको तथ्याङक अनुसार जिल्लामा सहकारी संस्थाहरुको संख्या झण्डै पाँचसय अर्थात ४ सय ९४ पुगेको छ ।

त्यस्तै कार्यालयको रेकर्ड अनुसार जिल्लाका विभिनन् विद्याका सहकारीहरुमा कुल ५२ हजार ४२५ जना शेयर सदस्यहरु आबद्ध रहेको देखिएको छ । सहकारीमा कुल १३,७९,६०,६६३ शेयर रकम साथै ५८,४४,७२,१२१ बचत र ५०,५०,६३,८५० ऋण लगानी रहेको डिभिजन सहकारी कार्यालय जनकपुरले जनाएको छ ।
जिल्लामा यति धेरै संख्यामा सहकारी संस्थाहरु दर्ता भएपनि सहकारी सञ्चालन सम्बन्धी चेतनाको कमीले सहकारी क्षेत्रमा केहि समस्याहरु समेत देखा पर्ने गरेका छन । सहकारी दर्ता गर्ने तर त्यसलाई संस्थागत भन्दा पनि व्यक्तिगत ढंगले सञ्चालन गर्ने प्रवृत्तिहरु बढ्दै गएकाले पनि सहकारी क्षेत्रमा समस्या देखिएको स्थानीयहरु बताउछन ।
सहकारीको निती, नियम र मुल्य मान्यताहरुको बारेमा सवै शेयर सदस्यहरुलाई सचेत गराउन सकेमा र झोलामा मात्र रहेका सहकारीहरुलाई पनि व्यवस्थित ढंगले सञ्चालन गर्न सकेमा सहकारीहरुले जिल्लालाई माथि उठाउन महत्वपूर्ण भुमीका निर्वाह गर्न सक्ने देखिन्छ ।
0 comments
Write Down Your Responses