Powered by Blogger.
नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न कमल थापाले विदेशी गुहार्ने

काठमाडौं, असार २० – नेपाललाई हिन्दुराष्ट्र कायम गर्नका लागि दबाब सृजना गर्न कमल थापा नेतृत्वको राप्रपा–नेपालले विदेशीहरुलाई बोलाएर नेपालमा ‘धर्म सभा’ गर्ने भएको छ । पार्टीले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै विभिन्न राष्ट्रका हिन्दुवादी संगठनहरुलाई बोलाएर नेपालमा सभा गर्ने जानकारी दिएको हो ।
सभा कहिले गर्ने भन्ने बारे स्पष्ट मिति नतोकिए पनि निकट भविष्यमा नै सभा गरिने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।
‘निकट भविष्यमै काठमाडौंमा बृहत  सनातन धर्मसभाको आयोजना गर्ने निर्णय गरिएको छ’,  पत्रकार सम्मेलनमा  थापाले भने, ‘हिन्दुत्वको जागरण हिन्दुराष्ट्रको पुर्नस्थापना , धार्मिक सामाजिक विवेध शोषण तथा विकृतिहरुको अन्त्य  गरि हिन्दुत्वको सुढिडिकरण एबम् हिन्दुपक्षको समुदायको बीचमा एकता जस्ता विषयहरुमा धर्मसभामा छलफल हुनेछ ।
पार्टी अध्यक्ष थापाका अनुसार भारत, बेलायत, लाओसलगायतका देशहरुमा रहेका हिन्दुवादी संगठनहरुलाई सभाका लागि निमन्त्रणा गरिनेछ ।
त्यस्तै, पार्टीले आवश्यक परे हिन्दु राष्ट्र निर्माणका लागि देशभित्रका विभिन्न पार्टी तथा संगठनहरुसँग पनि सहकार्य गरेर अघि बढ्ने जानकारी दिएको छ ।
संविधानसभामा पार्टीको एजेन्डा छलफल गर्न नदिएको बताउँदै थापाले यस विषयमा अन्तिम समयसम्म निरन्तर संघर्ष जारी गर्ने पनि बताएका छन्  ।
थापाले हिन्दु राष्ट्र, राजसंस्था, धर्म निरपेक्षता, संघीयता लगायतका विषयमा जनमत संग्रह गर्नसमेत माग गरेका छन्  । उनले मस्यौदा समितिले पारित गरेको प्रारम्भिक मस्यौदा रातारात षड्यन्त्र गरी परिवर्तन गरेकोमा आपत्ति समेत जनाए ।
अध्यक्ष थापाले संविधान पार्टीको दस्तावेज जस्तो नहुने र पार्टीकेन्द्रीत विचारको आधारमा नहुने बताउँदै त्यसलाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिएका थिए ।
यसैगरी पार्टीले संघर्षको कार्यक्रमहरु पनि घोषणा गरेको छ । कार्यक्रम अनुसार  असार २२ गते देशभर जुलुस प्रदर्शन गर्ने र संविधान सभा घेराउ गर्ने र साउनको पहिलो सातादेखि राजधानी केन्द्रीत आन्दोलन शुरु गरिने बताइएको छ ।


,

0 comments

Write Down Your Responses