बीपी मार्गमा बसको ठक्करले एककाे मृत्यू, गाडी ब्याक गरेर हत्या गरेकाे अाराेप
सिन्धुली / २१ असारःसिन्धुलीको विपी राजमार्ग स्थीत पुरानाे झोगाझोली रातमाटा ४ मूलकोटमा अाइतबार वसले मोटर साईकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
तस्वीर फेसबुकबाट |
सिन्धुलीवाट काठमाण्डौ जादै गरेको हिमाल तराइ यातायातकाे वा ३ ख ५९९२ नम्वरको वसले वा ६३ प ९८४४ नम्वरको मोटरसाईकलाई ठकर दिँदा मोटरसाईकल पछाडी वस्ने ४२ वर्षकी उमा आचार्यको घटना स्थलमै मृत्यु भएको हाे । मोटरसाईकल चालक ४५ वर्षका देवेन्द्र आचार्य भने घाईते भएका छन् । उनलाई उपचराको लागि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मोटरसाइकल चालक देवेन्द्र र उनकी श्रीमति उमा विद्यालय पढाएर फर्किँदै गर्दा वसकाे ठक्करवाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए । मोटरसाईकल चालक देवेन्द्र र उनकी श्रीमति विद्यालयवाट झागाँझोली २ स्थीत घर फर्कदै गर्दा मूलकोटमा वसले ठक्कर दिएको थापाले बताए ।

ठक्कर दिने वस र चालकलाई प्रहरी चौकि दुम्जाले नियन्त्रणमा लिएको छ । घटनाको वारेमा थप अनुसन्धान भईरहेको पनि निरिक्षक थापाले जानकारी दिए । घटनालाई लिएर अहिले स्थानियले सवारीसाधान आवतजावतमा रोकेका छन् । सडक अवरुद्ध गरे वल प्रयोग गरेर भए पनि खोलिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
0 comments
Write Down Your Responses