Powered by Blogger.
आक्रमणमा बोको हरामको आशङ्का

कानो (नाइजेरिया), असार २३ – उत्तरी नाइजेरियामा एक सरकारी कार्यालयलाई लक्ष्यगरी मङ्गलबार गरिएको आत्माघाती बम विस्फोट इस्लामिक आतङ्ककाकारी समूह बोको हरामले नै गराएको आशङ्का गरिएको छ ।
यद्यपि यस विस्फेटको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । सो आक्रमणमा परी कम्तीमा पनि २५ जनाको मृत्यु भएको छ ।
नाइजेरियाको जरिया सहरमा स्थानीय समयाअनुसार मङ्गलबार बिहान ९ बजे सो आक्रमण भएको थियो ।
एक आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ बोकेर सो कार्यालयमा गई गराएको यस आक्रमणमा परी एक दुई बर्षीया बालकसहित कम्तीमा पनि २५ व्यक्तिको व्यक्तिको मृत्यु भएको छ ।
यसका साथै अन्य ३१ जना गम्भीर घाइते भएका कुन्दुना राज्यका गभर्नर नासिर एल रुफाईले बताएका छन् ।
प्रान्तीय राजधानी कुदुना सहरबाट ७५ किलोमिटर उत्तरमा पर्ने जरिया सहर मुस्लिम सहरको रुपमा रहेको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार मङ्गलबार नै उत्तरपश्चिमी बोर्नो राज्यमा एक सैनिक चौकीको नजिकै महिला आत्मघाती आक्रमणकारीले गराएको एक बम आक्रमणमा चार व्यक्तिको मृत्यु भएको छ ।
प्रान्तीय राजधानी मैदुगरीबाट ११० किलोमिटर टाढा सबोनगरी गाउँमा सो आक्रमण भएको जनाइएको छ । आफ्नो नाम नबताउने शर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले यस आक्रमणको पुष्टि गरेका छन् ।
गत सोमबार राति पनि १३ बर्षीया एक केटीले कानो सहरमा रहेको एक मस्जिदनजिकै आत्मघाती बम आक्रमण गराएको बताइएको थियो ।
गत आइतबार जोस सहरमा रहेको मस्जिद र रेष्टुरेन्टमा गराएको दुई वटा बम विस्फोटमा परी कम्तीमा ४४ व्यक्तिको मृत्यु भएको थियो ।
सोही दिन पोटिस्कुम सहरमा रेहेको एक चर्चमा भएको एक आत्मघाती बम आक्रमणमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको थियो ।


,

0 comments

Write Down Your Responses