Powered by Blogger.
सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

काठमाडौँ, असार २३–सरकारले आगामी आवको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गर्दैछ ।
आज राष्ट्रपति डा रामवरण यादवबाट सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद्मार्फत प्रस्तुत गरिने कार्यक्रम छ । उक्त कार्यक्रमका निम्ति व्यवस्थापिका–संसद्को बैठक अपराह्न ३ः०० बजेका लागि डाकिएको छ ।
संविधानसँगै शान्ति प्रक्रियाका बाँकी काम पनि तार्किक निष्कर्षमा पु¥याउने, मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउन दिगो आर्थिक विकासको बाटामा देशलाई अग्रसर तुल्याउने, भूकम्पबाट सिर्जित महाविपत्तिपछि नवनिर्माण, पुनःस्थापना एवम् पुनःनिर्माण, सुशासन प्रवद्र्धन, ऊर्जा विकास र कृषिको आधुनिकीकरणलाई नीति तथा कार्यक्रमले उच्च प्राथमिकतामा राखेको बताइएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले नीति तथा कार्यक्रम अनुमोदन गरिसकेको छ ।
राष्ट्रपति डा यादवलाई मंगलबार प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री वामदेव गौतम, अर्थमन्त्री डा रामशरण महत, मुख्यसचिव लीलामणि पौड्यालले नीति तथा कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
सरकारको नीति तथा कार्यक्रमको व्यवस्थापिका–संसद्बाट बुधबार अपराह्न ३ः०० बजेपछि नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछन् । सोही कार्यक्रमका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र–संविधानसभालाई दुलही झैँ सिँगारिएको छ । राष्ट्राध्यक्षबाट हुने सम्बोधनका लागि संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको छ ।


,

0 comments

Write Down Your Responses