ठगिमुद्धाका प्रतिबादीहरु पुर्पक्षका लागी थुनामा
बुद्धकुमार आछामी
सिन्धुली, २५ श्रावण, भाग्यश्वरी महिला बचत तथा ऋण सहकारी संस्था बेलघारीकाे ठगिमुदाका प्रतिवादी चारै जनालाई जिल्ला अदालत सिन्धुलीले आज पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएको छ ।
मुद्धाका प्रतिवादी ब्यवस्थापक शुष्मा मान्नधर खड्का, अध्यक्ष बाबाकुमारी दाहाल, कोषाध्यक्ष चेतकुमारी काफ्ले अधिकारी र पुर्व सचिब मुना पौडेललाई मुलुकी ऐन अ.ब.११८ देहाय नं.२ बमोजिम पुर्पक्षका लागी थुनामा राख्ने आदेश गरिएको जिल्ला अदालत सिन्धुलीका श्रेस्तादार सम्मीकपुर शाहले जानकारी दिए ।
उनीहरु चारै जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश गरिएको र आवश्यक बयान र छानविन पछि मुद्धाको फैसला हुने श्रेस्तादार शाहले बताए ।
६६९ सदस्य संख्या रहेको उक्त सहकारीमा २२ लाख ७७ हजार ७८८ रुपैया ६१ पैसा हिनामिना भएको भएपनि कस्ले हिनामिना गरेको हो भन्ने ठहर हुन सकेको छैन ।
0 comments
Write Down Your Responses