Powered by Blogger.
सुर्खेत मा प्रहरीको गोली लागेर एकको मृत्यु

पत्रकारसहित दर्जन बढी घाइते
२५ साउन, सुर्खेत , अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । प्रहरी र प्रदर्शनकारी गरी दुबैतर्फ दर्जन बढी घाइते भएका छन् ।
धमला चोकमा प्रहरीले चलाएको गोली लागेर वीरेन्द्रनगर नगरपालिका ४ भैरवस्थानका टिकाराम गौतमको मृत्यु भएको नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कन्चन भारतीले जानकारी दिए । भारतीका अनुसार गौतमको शव प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय भित्र राखेको छ ।
प्रदर्शनमा दर्जन बढी घाइते भएका छन् । प्रहरीको गोली लागेर पत्रकार आईसीं रोकायसमेत घाइते भएका छन् । समाचार संकलन गर्न गएका रोकायको खुट्टामा गोली लागेको छ । उनी बुलबुले एफएममा कार्यरत छन् । रोकाय लगायतका घाइतेहरुलाई नेपालगन्जमा रिफर गरिएको महासंघ अध्यक्ष भारतीले बताए ।


,

0 comments

Write Down Your Responses