प्युठानमा बस दुर्घटना, ६ को मृत्यु, २४ घाइते
२५ साउन, खलंगा । प्युठानमा ना ३ ख ८३८३ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhWvt5DPLChXvD59wjZ-GGztNZVRCbBuC7ssqpPtTqU9U0uVQ_Hzvc75b9sRSv5fdEz6m3_c27Kb4m_65_3JtEhUWgXdbOEJS0N60YBVHkaTY0jYegmwym5jq2vn1m5zOlu0qRlaTEmpIU/s640/Bus-Accident-in-Pyuthan.jpg)
सदरमुकाम खलंगाबाट बांगेमरोटको सौतामारे जाँदै गरेको स्वर्गद्वारी यातायात व्यवसायी समितिको बस सारीबाङको घुम्तीबाट खोचमा खस्दा ४ पुरुष र २ महिलाको मृत्यु भएको हो ।
दुर्घटनामा प्युठान नगरपालिका १४ की मायाँ केसी, तोरवाङ गाविसका नरेन्द्र जिसी र प्यूठान नगरपालिका लामभेलाका जुनु विकको मृत्यु भएको प्युठानका प्रहरी प्रमुख डिएसपी तुलबहादुर कार्कीले जानकारी दिए । छ । उनीहरुको शव आफन्तले पहिचान गरेपनि अन्यको परिचय खुल्न नसकेको उनले बताए ।
प्रहरीका अनुसार ५ जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।
बस घुम्तीबाट २ सय मिटर तल खोंचमा खसेको छ । बस दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । घाइतेहरुलाई नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल बिजुवार पुर्याएका छन् ।
0 comments
Write Down Your Responses