Powered by Blogger.
काठमाडौंलाई केन्द्र बनाएर ४.३ रेक्टरको पराकम्प

भूकम्प आउँदा केही सभासद भागे
२६ साउन, काठमाडौं । मंगलबार काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का महसुस भएपछि मानिसहरु बाहिर निस्किएका थिए ।
संविधानसभा बैठकमा समेत सभासहरु उठेका थिए । तर, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी भने बोलिरहे ।
भूकम्प बिहान १० बजेर ४२ मीनेट जाँदा  ४.३ रेक्टर स्केलको भएको र केन्द्र कालिमाटी आसपासको क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अाजको धक्का पनि गत वैशाख १२ गते गाेरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको पराकम्पन भएको मापन केन्द्रले जनाएको छ ।
यसअघि सोमबार बिहान चार बजेर १४ मीनेट जाँदा गोरखा केन्द्र विन्दु बनाएर ४.९ रेक्टर स्केलको पराकम्प गएको थियो ।
बालबालिका त्रसित
भूकम्प अाएका बेला राजधानीका विद्यालयहरू सूचारू थिए । भूकम्पसँगै विद्यार्थी त्रसित भएर कक्षाकोठा बाहिर निस्किएका थिए भने केही बालबालिका घर फर्किँदै गरेको दृश्य देखियो ।
भूकम्प आउँदा केही सभासद भागे
संविधानसभाको बैठक चलिरहेकै बेला भूकम्पको धक्का महशुस भएपछि केही सभासदहरुको भागभाग भएको छ । तर, छोटो धक्का रोकिनासाथ धेरै सभासदले आफ्नो कुर्सी छाडेनन् । धक्का महसुस हुँदा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी बोलिरहेका थिए ।
विहान १० बजेर ४३ मिनेटको समयमा अचानक भूकम्पको धक्का महसुस हुनासाथ केही सभासद आफ्नो कुर्सी छाडेर बाहिर भाग्न लागेका थिए । उपेन्द्र यादवे बोलिसकेर राप्रपा नेपालका दिलनाथ गिरीले बोल्न थाल्दा भूकम्पको धक्का महसुस भएको थियो ।
अध्यक्ष सुवास नेम्वाङले सभासदहरुलाई ‘आफ्नो आसनमा बस्नुस माननीय’ भने पनि केही सभासदहरु डराएर बाहिर निस्किसकेका थिए ।
सभामुखको कुर्सी पनि हल्लिएको प्रष्ट देखिन्थ्यो । बोलिरहेका सभासद गिरीले यो भूकम्प भन्दा राजनीतिक भूकम्प ठूलो हो भन्दै आफ्नो भनाइलाई निरन्तरता दिए ।


,

0 comments

Write Down Your Responses