Powered by Blogger.
सिन्धुलीमा जबरजस्ती करणी अपराध बढ्दो

५ वर्षमा  ५९ वटा जबजस्ती करणीका घटना
बुद्धकुमार आछामी
सिन्धुली/२६ श्रावण/ पछिल्लो समय जिल्लामा जबरजस्ती करणीका अपराध बढेका छन । पछिल्लो वर्षका आँकडाले जबजस्ती करणीका अपराध बढ्दो क्रममा रहेको देखाएको छ । विविध कारणले महिला तथा कम उमेरका बालिका माथि हुने जबजस्ती करणीका अपराध वृद्धि भएका हुन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार २०६७ सालदेखी पछिल्लो ५ वर्षयता जिल्लामा ५९ वटा जबजस्ती करणी र करणी उद्योगका घटना घटेका छन । 
आर्थिक वर्ष ०६७/६८ मा ८, आर्थिक वर्ष २०६८/६९ मा ७, आ.व.२०६९/७० मा ५ र आर्थिक वर्ष  ०७०/७१ मा बढेर १८ जबरजस्ती करणी सम्बन्धी मुद्धा जिल्ला प्रहरीमा दर्ता भएका थिए । आर्थीक वर्ष २०७१/७२ मा १३ वटा जबरजस्ती करणाी र करणी उद्योगका मुद्धा दर्ता भएका थिए भने चालु आर्थिक वर्षको साउन महिनामा २ वटा मुद्धा दर्ता भएका छन ।
जबरजस्ती करणी र जबरजस्ती करणी उद्योग गरी दुईखाले मुद्दा प्रहरीमा दर्ता हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापाले बताए । दर्ता भएका घटनाहरु मध्ये जवरजस्ती करणीका ४३ वटा र १६ वटा जवरजस्ती करणी उद्योग सम्बन्धी रहेका छन । 
अदालतले कसुर प्रमाणित गरेपछि अपराधी कारबाहीको दायरामा आउने र पिडितले ३५ दिनभित्र उजुरी गरीसक्नु पर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फौजदारी अभियोग अन्तर्गत पर्ने जबरजस्ती करणीका मुद्दा सिधै जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने गरेको छ । सरकारीवादी उक्त मुद्दाको दर्ता तथा जायरीका लागि पीडितहरु सिधै प्रहरीमा जाने गरेका छन ।  
जवरजस्ती करणीका पिडितहरु प्राय आफन्त र नातेदारहरुबाट नै पिडित हुने गरेको र पछिल्लो समय विज्ञान र प्रविधिले गरेको विकासलाई सहि सदुपयोग नगर्दा र आमावावुले आफ्ना छोराछोरीलाई नियन्त्रणमा राख्न नसक्दा यस्ता घटनाहरु बढ्दै गएको प्रहरीको भनाई छ । 
कानुनत १० वर्षमुनिका बालिका भए १० वर्षदेखी १५ वर्षसम्म कैद, १० वर्षभन्दा माथि चौध वर्ष मुनिका बालिका भए आठदेखि १२ वर्षसम्म कैद, १४ वर्षमाथि १६ वर्षमुनिका बालिका भए छ वर्षदेखी १० वर्षसम्म कैद, १६ वर्षभन्दा माथि २० वर्षमुनिका बालिका भए पाँच वर्षदेखि आठ वर्षसम्म र २० वर्षदेखी माथिका महिला भए पाँचदेखि सात वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।
समाजमा रहेका गरीबी, अशिक्षा, बेरोजगारी, कमजोर आर्थिक अवस्था जस्ता विकराल समस्याहरुले पछिल्लो समय नेपालमा जवरजस्ती करणीका घटनाहरु बढ्दै गएको अधिकारकर्मीहरु बताउँछन । कति त्यस्ता समस्या भोग्न बाध्य पिडितहरु सामाजिक सुरक्षाको अभाव, कमजोर आर्थिक अवस्था, अशिक्षा, कानुनी ज्ञानको अभाव, लगायतका समस्याले गर्दा कानुनी उपचार खोज्न जान समेत नसकेका कारण घटनाहरु गाउँमै लुकेका र पिडितले न्याय नपाएको अवस्था पनि समाजमा रहेको छ । 
जब कुनै पुरुषले कुनै स्त्रीको इच्छा विरुद्ध शारीरिक बलको प्रयोग गरेर आफूसँग सम्भोग गर्न बाध्य बनाउछ भने यसलाई जबरजस्ती करणी भनिन्छ । यो धेरै गम्भीर अपराधहरुमध्ये एउटा मानिन्छ । साधारणतया यस्तो कार्य विकृत मानसिकता भएका व्यक्तिद्धारा हुने गरेको देखिएको छ । समाजबाट यस्को निराकरण गर्नका लागी सवैपक्ष सचेत हुनुपर्ने र अन्यायमा परेकाहरुलाई न्याय दिलाउनका लागी आवश्यक कानुुनी ज्ञान र चेतना दिनुपर्ने आवश्यकता रहेको देखिन्छ । 


, , ,

0 comments

Write Down Your Responses