Powered by Blogger.
बर्दिवास बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

२६ साउन, गौशाला । महोत्तरीको बर्दिवासमा भएको बोलबम यात्रु सवार बस दुर्घटनामा मृत्यु भएका आठैजनाको मंगलबार सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेहरुमा महोत्तरीको मटिहानी–५ बस्ने १४ वर्षीय विवेक मण्डल, लोहारपट्टि–३ का २५ वर्षीय मनोजकुमार साह, एकरहिया–२ का ३२ वर्षीय जगदीशकुमार साह, ५ का ३५ वर्षीय रामपुकार यादव रहेका छन् ।
यसैगरी सहोडवा–८ की ४० वर्षीया रानीवत्तीदेवी कापर, भ्रमरपुरा–७ का १६ वर्षीय अनिश चौधरी र जनकपुर उपमहानगरपालिका–५ का २० वर्षीय हरिकुमार साह हलुवाई र भारतको सीतामढी जिल्लाअन्तर्गत पर्ने ग्रामपुरका ५५ वर्षीय बुधु साहको दुर्घटनामा मृत्यु भएको छ ।
घाइतेमध्ये बनौली–५ का रिचाकुमारी चौधरीको जनकपुर अञ्चल अस्पतालमा, धनुषा हरिपुर–५ का १२ वर्षीय पप्पु मण्डल, चालक जलेश्वर नगरपालिका–१२ का रामकेवल मण्डलको उपचार न्युरो अस्पताल विराटनगर, पिपरा–६ का राकेश साह र मुकेश साहको शिक्षण अस्पताल, काठमाडौँ र मटिहानी–५ का निराजन मण्डलको उपचार भारतको दरभंगामा भइरहेको छ । उनीहरुको अवस्था चिन्ताजनक छ ।

अन्य घाइतेहरुको उपचार जनसेवा, शुभ स्वस्तिक, होप, सिटी केयर, बर्दिवास अस्पताल, जानकी हेल्थकेयर र लालगढ अस्पतालमा भइरहेको छ ।

बस दुर्घटनामा घाइते भएका ७४ मध्ये नौजना भारतीय नागरिक छन् ।

सोमबार सिन्धुलीको लंगुरखोला महादेवको दर्शनपछि फर्किरहेको ज १ ख ५२९ नम्बर बस बर्दिवास नगरपालिका–५ स्थित भोगटे पुलमा दुर्घटनाग्रस्त भएको थियो । 


,

0 comments

Write Down Your Responses