Powered by Blogger.
साझा बसमा पूर्वराजा ज्ञानेन्द्रको पनि सेयर

२७ साउन, काठमाडौ । साझा यातायात सहकारी संस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि सेयर रहेको खुलासा भएको छ । साझामा ज्ञानेन्द्रको एक लाख सेयर रहेकेा छ । २८ प्रतिशत जनताको सेयर रकममध्ये उनको एक लाख रुपैयाँ रहेको हो ।
२०१८ सालमा साझा यातायात सञ्चालन गर्न पूर्वराजा ज्ञानेन्द्रले एक लाखको सेयर खरिद गरेको नेपाल समाचारपत्रमा खबर छ ।
बस सेवामा अब ई-कार्ड
नेपालमा पहिलोपटक ई-कार्डसहितको शहरी बससेवा सञ्चालन हुने भएको छ । नेपाल बैंकसँग सम्झौता गरी सो बस सेवा सञ्चालन गर्न लागिएको हो ।
दुई वर्षअघि सञ्चालनमा आएको साझा बसमा सो प्रणाली लागू गर्न लागिएको हो । साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितले एक दुई हप्ताभित्रै ई-कार्डबाट बससेवा सञ्चालन हुने जानकारी दिए ।
ई-कार्ड भएपछि यात्रुले प्रत्यक्ष रुपमा रकम तिर्नुपर्दैन । मेसिनभित्र कार्ड छिराएपछि रकम काटिने र ढोका खोल्ने ब्यवस्था हुनेछ । अध्यक्ष दीक्षितले करिब एक दुई हप्तामा यो प्रविधि लागू हुने बताए ।


,

0 comments

Write Down Your Responses