Powered by Blogger.
महराकाे गाेप्य भेलामा काे-काे सहभागी भए ?

काठमाडाैं, १५ भाद्र । एमाअाेवादी महासचिव कृष्णबहादुर महाराले गाेप्य भेलाकाे अायाेजना गरेका छन् । भेला साेमबारबाट काठमाडाैँमा गाेप्य रुपमा चलिरहेकाे छ ।
स्रोतका अनुसार महराले नेवा र ताम्सालिङ राज्य अन्तर्गतका आफू निकट मानिएका जिल्ला नेताहरुको भेला बोलाएका हुन् । भेलामा केन्द्रीय सदस्यहरु कृष्णध्वज खड्क, रेखा शर्मा लगायतका नेताहरु सहभागी छन् ।
त्यसैगरि सिन्धुपाल्चोकबाट माधव सापकोटा, भक्तपुरबाट भास्कर श्रेष्ठ, ललितपुरबाट दीपेश महर्जन, काठमाडौंबाट हिमाल शर्मा, पूर्व वाईसीएल नेता चन्द्रबहादुर थापा, झापाबाट धर्मशिला चापागाई, मकवानपुबाट प्रेम पुलामी लगायतका नेताहरु सहभागी रहेका छन् ।
सिन्धुलीबाट राजन दाहाल बोलाएपनि उनी भने भेलामा सहभागी नहुने जानकारी पठाएका छन् ।


,

0 comments

Write Down Your Responses