मुलुकलाई सैनीक शासन तर्फ लान खोजियोः लेखी
बुद्धकुमार आछामी
सिन्धुली, १५ भाद्र । नेपाल आदिवासी जनजाती महासंघका पुर्व केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय नागरीक पार्टी नेपालका अध्यक्ष राजकुमार लेखीले शुसिल र बामदेवको सरकारले राज्य आंतक मच्चाएर मुलुकलाई सैनिक शासन तर्फ लान खोजको आरोप लगाएका छन ।
मङ्गलबार नेपाल आदिवासी जनजाती महासंघ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता लेखीले भने, ‘देशमा जनजाती र थारुहरुले होइन शुसिल र बामदेवको सरकारले राज्य आतंक मच्चाउँदै जवरजस्त देशलाई सैनीक शासन तर्फ लान खोजेका छ ।’ जनताको छातिमा गोली ठोक्ने काम सरकारको बर्वरता बाहेक अरु केहि नभएको उनले दावि गरे । लेखिले थारु र जनजातीहरुको आन्दोलनमा सरकारले गरेको दमन लोकतन्त्र विरुद्ध भएको समेत बताए ।
सरकारको गैर जिम्मेवारीका कारण निम्तीने लागेको शैनिक शासनले अहिले सम्मका आन्दोलबाट प्राप्त सवै उपलब्धीहरु गुम्ने खतरा रहेकाले सवै पक्षलाई सचेत रहन समेत उनले आग्रह गरे ।
लेखिले भने, ‘अहिलेको आन्दोलनका थारु एक्लैको होइन यो आन्दोलन लिम्बुवान, दलित, मधेसी सवैको हो, आन्दोलन उपलब्धीहरुको संस्थागत गर्नका लागी हो ।’
लेखीले टिकापुर घटनामा थारु समुदायको कुनै संलग्नता नरहेको बताउँदै भने, ‘टिकापुर घटना शेरबहादुर देउवा र भिम रावलको निर्देशनमा घुसेका भिजिलान्तेहरुले घटाएका हुन ।’ टिकापुरमा थारु समुदायले बन्दुक नचलाएको बताउँदै शेर बहादुर र भिम रावलका भिजिलान्तेहरुले आन्दोलन तुहाउनका लागी बन्दुक चलाएर नरसंहार गरेको उनले बताए ।
लेखीले आफुहरुको आन्दोलन कुनै जातजातिको विरुद्ध नभएर राज्यका शासकहरुको प्रवृत्तिको विरुद्ध भएको बताए । काठमाण्डौबाट मधेश हिडेका लेखीले आज नै मधेशबाट नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरीने समेत बताए । उनले अबको आन्दोलन अझ शसक्त हुने र सरकारी कार्यालयहरु कब्जा समेत गरीने बताए ।
0 comments
Write Down Your Responses