Powered by Blogger.
मिरा राईलाई सिन्धुलीमा सम्मान

बुद्धकुमार आछामी/उदब कुमार श्रेष्ठ
सिन्धुली/ १ भाद्र/ गत असारमा फ्रान्समा भएकाे मोन्ट ब्लंक म्याराथनमा प्रथम भएकी मिरा राईलाई आज एक समारोह बीच सिन्धुलीमा सम्मान गरिएको छ । 
राईलाई कमलामाई डोजोले एक समारोह वीच सम्मान गरेको हो । कमलामाई डोजोका अध्यक्ष गोपी बम्जनले मिरालाई खादा र अविर लगाएर सम्मान गरेका थिए । 
मिरालाइ सम्मान गर्दै करातेका अन्तरास्टीय खेलाडी गाेपी बम्जन ।
पुर्व लडाकु राई व्यारेक बाट अयोग्य बनेर निस्कीए पछि लामो समय सिन्धुली सदरमुकाम बसेर पार्टीको काममा संलग्न भएको थिइन । सिन्धुलीमा बस्दा बिहान बेलुका दैनीक वीपी राजमार्गमा दौडिरहने मिरा राई फ्रान्समा पुगेर समेत दौडिएर नेपालकै नाम राख्न सफल भएकी थिइन । 
सम्मान पछि बोल्दै मिराराईले सिन्धुलीलाई कहिल्यै नविर्सने बताइन । सिन्धुलीको सम्झनाले सताइरहेकाले आफ्ना साथीहरु भेट्न सिन्धुलीमाढी आएको मिरा राईले बताइन । उनले अाफ्ना कराते गुरू धुब्रबिक्रम मल्ललाइ बिशेष सम्झना गरीन ।
कमलामाइ डाेजाेका खेलाडीहरूसँग मिरा राइ 
उनले फ्रान्समा भएको ८० किलोमिटरको मोन्ट ब्लंक म्याराथनको उपाधि जितेकी छिन् ।
पूर्व माओवादी लडाकू समेत रहेकी मिराले निर्धारित दुरी १२ घन्टा ३२ मिनेट ३२ सेकेण्डमा पुरा गरेकी थिइन ।
भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेरमा माओवादी बनेकी थिइन् । लडाकू रहेकी उनलाई माओवादी शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा अयोग्य भन्दै निकालिएकाे थियाे ।
सन् २०१३ मा ५० मिलोमिटरको पुल्चोकी अल्ट्रा म्याराथन जितेपछि मिराको जीवनले नयाँ मोड लिएकाे थियाे । उनले गत वर्ष हङकङ आइल्याण्ड ट्रेल रेस जितेकी थिइन् । लगतै साउथ चाइना मर्निङ पोष्टमा उनको जीवन सर्घषका कथा आएपछि उनी अन्तराष्ट्रिय स्तरमै चर्चाको विषय बन्न पुगेकी थिइन् । 
सम्मान पछि फाेटाे खिच्दै (फाेटाे उदब कुमार श्रेष्ठ)




सिन्धुलीमा बस्दा यी बिरूवाहरू राेप्न मिरा राइ सहभागी बनेकी थिइन । खुल्ला मञ्चमा वाइसीएलले लगाएकाे अशाेककाे बिरूवाले सिन्धुलीमाढीलाइ सुन्दर बनाउन सहयाेग पुयाउँदै छ ।




, ,

0 comments

Write Down Your Responses