Powered by Blogger.
सिन्धुलीवासीले भोली वानेश्वर घेर्ने

 काठमाडौं, भाद्र १ । सिन्धुली जिल्लालाई दुई नम्बर प्रदेशमा मिसाउने षड्यन्त्र विरुद्ध सिन्धुलीबासी आक्रोषित भएका छन् । सिन्धुलीलाई दुई नम्वर प्रदेशमा मिसाउने केहि ब्यक्ति समुहको षड्यन्त्र विरुद्ध सिन्धुली नागरिक समाजले आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । यसैबिच सिन्धुली जोगाउ अभियान अन्तर्गत भोली विहान सात तीस वजे काठमाण्डौंको मिनभवनस्थित सिभिल अस्पताल अगाडी समाजले पत्रकार सम्मेलन तथा भेला आयोजना गर्ने भएको छ ।

भेलामा सिन्धुलीवाट प्रतिनिधित्व गर्ने सभाषद्, पुर्वसभाषद् विभिन्न दलका जिल्ला सभापति तथा अध्यक्ष वुद्धिजिवी, सन्चाकर्मी, कलाकार सहभागि हुँदैछन् । कुनै पनि हालतमा प्रदेश नम्वर तीनवाट सिन्धुलीलाई छुटउन नहुने सिन्धुलीवासीको माग छ । 

ऐतिहासिका महत्व बोकेको सिन्धुलीको पहिचानलाई मेटाउन यस्तो षडयन्त्र भएको सिन्धुलीवासीको वुझाई छ । भोलीको भेलामा सहभागि हुन नागरिक समाज तथा सिन्धुली बचाउन अभियानले अनिवार्य उपस्थित हुन सवैलाई आग्रह गरेको छ ।(जनताखबर डटकमबाट)


,

0 comments

Write Down Your Responses