Powered by Blogger.
मौलाउँदै निजी विद्यालय(फोटोफिचर सहित)

बुद्धकुमार आछामी
सिन्धुली/भाद्र १ /सामुदायीक(सरकारी) विद्यालयहरुको गुणस्तर खस्कदै गएपछि पछिल्लो समय सिन्धुलीमा निजी विद्यालयहरु मौलाउँदै गएका छन । अभिभावकहरु प्रति सामुदायीक विद्यालयको शिक्षाको गुणस्तर माथी विश्वास गुम्दै गएका कारण जिल्लामा निजी विद्यालयहरु मौलाउँदै गएका हुन । पछिल्लो समय जिल्लामा निजी विद्यालयहरु र निजी विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरुको संख्या ह्वात्तै बढेर गएको छ । 

आर्थिक वर्ष २०७१÷७२ सम्ममा जिल्ला शिक्षा कार्यालयबाट अनुमती लिएका ४९ वटा निजी विद्यालयहरु सञ्चालनमा रहेका छन । जिल्ला सदरमुकाम भित्र मात्र दर्जन भन्दा वढी निजी विद्यालयहरु सञ्चालनमा छन । जिल्लामा १ देखी १२ सम्म चलेका ३ वटा, १ देखी १० सम्म चलेका १५ वटा र १ देखी ८ सम्म चलेका ५ वटा निजी विद्यालयहरु रहेका छन ।
२०७१ सालको प्रवेशीका परीक्षामा जिल्लाका १५ वटा नीजी विद्यालयहरुबाट १ हजार भन्दा बढी विद्यार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये झण्डै ९९ प्रतिशत विद्यार्थी उत्र्तिण भएका छन । निजी विद्यालयहरुले प्रवेशीका परीक्षामा शतप्रतिशत विद्यार्थी उत्र्तिण गराउने गरेको र शिक्षाको गुणस्तर पनि भएका कारण अभिभावकहरुमा नीजी विद्यालय प्रतिको मोह बढ्दै गएको स्थानीय अभिभावकहरु बताउछन । 
सरकारी विद्यालयको शिक्षाको गुणस्तर दिनानु दिन कमजोर हुँदै गएपछि निजी विद्यालयहरुको अवस्था जिल्लामा झन झन बलियो हुँदै गएको छ । सदरमुकाममा सञ्चालित भगवती आवाशीय उच्च माध्यमिक विद्यालय, शिद्धस्थली आवासीय उच्च मावि, जनता उमावि, सुर्योदय आवासीय मावि लगायतका निजी विद्यालयहरुले शैक्षिक बजारमा राम्रो प्रभाव कायम गरिसकेका छन । निजी विद्यालयहरुमा बिद्यार्थीहरुको संख्या दिनदिनै बढीरहेको छ भने सरकारी विद्यालयहरुको विद्यार्थीहरुको संख्या घट्ने क्रम जारी रहेको छ । आफ्ना विद्यार्थीहरुलाई उच्च अनुशासनमा राखेर गुणस्तरिय शिक्षा प्रदान गर्ने कुरालाई प्रमुख प्राथामिकतामा राखिएको कारण निजी विद्यालयहरुले प्रगति हासीले गर्दै गएको सञ्चालकहरु बताउछन । 
जिल्लाका केहि निजी विद्यालयहरू
१.भगवती आवशीय उच्च माध्यमिक विद्यालय(कनपा–६, सिन्धुलीमाढी)
स्थापनाः २०४८
विद्यार्थी संख्याः ११५०
शिक्षक कर्मचारी संख्याः ५२ जना
विद्यालय भवनः आफ्नै ४० कोठाको भवन 
बिज्ञान प्रयोगशालाः व्यवस्थित विज्ञान प्रयोगशाला, कम्प्यूटर ल्याव, व्यवस्थित खेल मैदान 
माशिक शुल्क(नर्सरी)- ८००

२. जनता अग्रेजी आवाशीय उच्च माध्यमिक विद्यालय(कनपा–६, सिन्धुलीमाढी)
स्थापनाः २०५२
विद्यार्थी संख्याः ५३७
शिक्षक÷कर्मचारी संख्याः २४ जना
विद्यालय भवनः निर्माणाधीन अवस्थामा ३ वटा भुकम्पका कारण भाडाको घर छाडेको 
विज्ञान प्रयोगशालाः विज्ञान प्रयोगशाला, कम्प्यूटर ल्याव, व्यवस्थित खेल मैदान, पुस्तकालय 
माशिक शुल्क(नर्सरी)-४००
३.सुर्योदय अग्रेजी आवाशीय माध्यमिक विद्यालय(कनपा–६, सिन्धुलीमाढी)
स्थापनाः २०५४ साल 
विद्यार्थी संख्याः ५२०
शिक्षक÷कर्मचारी संख्याः २१ जना 
विद्यालय भवनः ३ वटा आफ्नै 
विज्ञान प्रयोगशालाः व्यवस्थित विज्ञान प्रयोगशाला÷कम्प्यूटर ल्याब 
माशिक शुल्क(नर्सरी)-९०० 

४.शिद्धबाबा अग्रेजी माध्यमिक विद्यालय(कनपा–७, सिन्धुलीमाढी)
स्थापनाः २०६१ 
विद्यार्थी संख्याः ५०० 
शिक्षक÷कर्मचारी संख्याः २२ जना 
विद्यालय भवनः भाडामा दशैपछि भुकम्प प्रतिरोधात्मक आफ्नै भवन 
विज्ञान प्रयोगशालाः विज्ञान प्रयोगशाला, व्यवस्थित खेल मैदान, कम्प्यूटर ल्याब 
माशिक शुल्क(नर्सरी)- ८००

५.साइनिङ्गमुन एकेडेमी(कनपा–४, सिन्धुलीमाढी)
स्थापनाः २०६५
विद्यार्थी संख्याः ४४० जना
शिक्षक÷कर्मचारी संख्याः २५ जना
विद्यालय भवनः २ वटा आफ्नै भवन एउँटा भवन भाडामा ।
विज्ञान प्रयोगशालाः व्यवस्थीत विज्ञान प्रयोगशाला र खेल मैदानको व्यवस्था भएको । 
माशिक शुल्क(नर्सरी) -७००


६.न्यू शिद्धस्थली इङ्गलिस बोर्डिङ्ग स्कुल(कनपा–६ सिन्धुलीमाढी)
स्थापनाः २०६२ 
विद्यार्थी संख्याः ५५० 
शिक्षक÷कर्मचारी संख्याः २७ जना  
विद्यालय भवनः ४ वटा आफ्नै भवन ४ वटा भाडामा ।
विज्ञान प्रयोगशालाः व्यवस्थीत विज्ञान प्रयोगशाला र खेल मैदान कम्प्यूटर ल्याव, सीसी क्यामेरा व्यवस्था भएको । 
माशिक शुल्क(नर्सरी)- ८५० 


, ,

0 comments

Write Down Your Responses