Powered by Blogger.
गल्लीमा यसरी भयो कुमार घैंटेको देहान्त

कांग्रेसका को-को उभिए घैंटेको पक्षमा ?
३ भदौ, काठमाडौं । बिहीबार बिहान प्रहरी इन्काउन्टरमा गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ मारिएका छन् । घैंटे मारिएपछि कांग्रेस नेता जगदीशनरसिंह केसी जुलुस नै लिएर शिक्षण अस्पताल पुगेका छन् । घैंटे कांग्रेस नेता अर्जुननरसिंह केसी दाजुभाइकै निकट मानिन्थे ।
यसरी भयो घटना
प्रहरी स्रोतका अनुसार बिहीबार बिहान काठमाडौंको कपुराधारा एरियामा सवा ११ बजेतिर घटना भएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले पछिल्लो दिनमा राजधानीका विभिन्न स्थानमा सर्च अभियान चलाइरहेको थियो ।
हनुमानढोकाले दिएको जानकारी अनुसार प्रहरी टोलीले कुमार घैंटे स्कुटरमा आउँदै गरेको देखेपछि चेकिङका लागि रोकेको थियो । तर, घैंटेले प्रहरीमाथि गोली हानेपछि जवाफ कारबाही गरिएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले अनलाइनखबरलाई जानकारी दिए । खनालले भने- ‘उनले प्रहरीमाथि फायर खोलेपछि जवाफ कारबाही गरिएको हो ।’
प्रहरीका अनुसार झडपका क्रममा घैंटेका सहयोगीहरुले प्रहरीमाथि ढुंगामुढासमेत गरेका थिए । घैंटे समूहको आक्रमणमा परी प्रहरी सहायक निरीक्षक बालकृष्ण सञ्जेल र रञ्जित तामाङ एवं जवान हेमन्त चौधरीसमेत घाइते भएका छन् ।
घटनाका क्रममा घैंटेका केही सहयोगीहरु हतियार लिएर आक्रमण गर्न आएका थिए । उनीहरु भाग्न सफल भएको भन्दै प्रहरीले खोजी भइरहेको बताएको छ ।
प्रहरीका अनुसार घैंटेको छातीमा एक गोली लागेको छ भने शरीरका विभिन्न भागमा गरी ७/८ राउण्ड गोली लागेको छ ।
गोली लागेर घाइते भएका घैंटेलाई शिक्षण अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका छन् । प्रहरीको भनाइ अनुसार भिडन्तका क्रममा घैंटेले पहिलो राउण्ड गोली चलाएका थिए । प्रहरीले जवाफी फायर स्वरुप ११ राउण्ड गोली हानेको थियो ।
गोली लागी सुरेन महर्जन र राज महर्जन घाइते भएका छन् । दुबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।
तरकारी बजार क्षेत्रमा एकाएक भागदौड मच्चिएपछि स्थानीयले भने हप्ता असुल्नेहरुको झडप भन्ने सोचेका थिए । तरकारी बजारमा हस्ता असुल्ने विषयमा घैंटे र अर्को समूहबीच विवाद भएको हल्ला चल्दै आएको थियो । स्थानीयका अनुसार प्रहरीसमेत सिभिल ड्रेसमा थिए ।
गुण्डा नाइके घैंटेले यसअघि पनि पटक-पटक प्रहरीमाथि आक्रमण गरेका थिए । ०६२ सालमा सर्वेन्द्र खनाल डीएसपी हुँदा डन घैंटेले आक्रमण गरेका थिए । यस्तै बाग बजारमा उनले नाङ्गो नाच देखाएको सूचनाका आधारमा छापा मार्न गएको प्रहरी टोलीमाथि पनि घैंटेबाट आक्रमण भएको प्रहरीको भनाइ छ ।
घैंटेको पक्षमा कांग्रेस नेता
घैंटेले सामाखुसी, गोंगबुलगायतका क्षेत्रमा व्यवसायीहरुलाई धक्म्याएर रकम उसुल्दै आएको गुनासो प्रहरीसमक्ष आएको थियो । भूकम्पका बेलामा समेत धम्क्याएर राहत उठाउने र आफूले बाँडेको उजुरी प्रहरीमा आएको थियो ।
घैंटे मारिएपछि केही कांग्रेस नेताहरुले उनको पक्षमा वकालत गरेका छन् । कांग्रेस सभासद जगदीशनरसिंह केसी, धनराज गुरुङ र भीमसेन दास प्रधान घैंटेको समर्थनमा उभिएका छन् ।
त्यस्तै मन्त्री चित्रलेखा यादवले पनि घैंटेको घैंटेको संरक्षण गर्दै आएकी थिइन् । मन्त्री यादव यसअघि एउटा क्लबको कार्यक्रममा घैंटेसँगै एउटै मञ्चमा देखिएकी थिइन् ।


,

0 comments

Write Down Your Responses