Powered by Blogger.
१२ बर्षपछि समातिए बडिखेल हत्याकाण्डका अभियुक्त

यस्तो रहेछ जेठानले बहिनी ज्वाईंको परिवार सिध्याउने कारण
३ भदौ, काठमाडौं । एकै परिवारका पाँचजनाको ज्यान लिने गरी भएको बडिखेल हत्याकाण्डका अभियुक्त बाह्र बर्षपछि पक्राउ परेका छन् ।
विंसं. ०६० साल असोज १६ गते दशैंको अष्टमीको दिन ललितपुरको बडीखेल-८ खेल गाउँमा हिरालाल भनिने भानु नगरकोटीसहित पाँच जनाको विभत्स हत्या भएको थियो ।
हत्याको अभियोगमा भानु नगरकोटीकै जेठान ६३ वर्षका चन्द्रबहादुर पहरी पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले बिहीबार साँझ पत्रकार सम्मेलन गरेर अभियुक्त पहरीलाई सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार पहरीले अष्टमीको दिन मध्यरातमा धारिलो हतियारले हानेर आफ्नो बहिनी, ज्वाईं, दुई जना भान्जी १० वर्षकी लुरी र ८ वर्षका टुकुली तथा १३ वर्षका भाञ्जा रविन्द्रको हत्या गरेका थिए ।
अनुसन्धानका क्रममा प्रहरीले यसअघि पनि तीन पटक पहरीसँग सोधपुछ गरेको थियो । तर, उनले आफू संलग्न नभएको बयान दिँदै आएका थिए ।
यस्तो रहेछ हत्याको कारण
प्रहरीका अनुसार भानु नगरकोटी र चन्द्रबहादुर पहरीको घर झण्डै ८ मिनेटको दुरीमा थियो । भानु अत्यधीक मदिरा सेवन गर्थे । उनी र चन्द्रबहादुरकी पत्नी भुन्टी भन्ने सूर्यकुमारीले सँगै बसेर रक्सी खाने र अनैतिक सम्वन्ध राख्ने गरेको पहरीले सुनेका थिए । आफ्नै भान्जीहरुले समेत उनले यो कुरा सुनाएका थिए ।
भानु नेपाल राष्ट्र बैंक थापाथलीको नोट शाखामा पिउन पदमा कार्यरत थिए । उनकी पत्नी धनकुमारीले भाइ चन्द्रबहादुरलाई पनि जागिर लगाइदिन भनेका थिए ।
तर, भानुले आफैं भाइलाई जागिर लगाएपछि जेठान चन्द्रबहादुर रिसाएका थिए । घटना भएको दिन उनीहरुले नेवारी परम्पराअनुसार कुची भोज खाएका थिए । अत्याधिक मदिरा सवेन गरेका चन्द्रबहादुरले बहिनी ज्वाइँलाई सिध्याउँछु भनी अञ्दाजी राति १२ बजेतिर घरबाट निस्किएका थिए ।
छतबाट पढेर भाञ्जाभाञ्जीमाथि आक्रमण
प्रहरीका अनुसार चन्द्रबहादुर ट्वाइलेटको छानाबाट भरमा प्रवेश गरेका थिए । उनले मासु काट्न प्रयोग गर्ने दाउ भर्‍याङमा फेला पारे र माथिल्लो तलमा गएर खाटमा सुतिरहेका माथि प्रहार गरे । बहिनी ज्वाइँ भनेर उनको हानेका थिए तर, भाञ्जा रविन्द्र नगरकोटी र भाञ्जी लुरी परिन् ।
उनी फेरि तल्लो तलामा झरेर बहिनी धनकुमारी, ज्वाईँ हिरालाल भन्ने भानु र भान्जी टुकुलीको हत्या गरे । बहिनी-ज्वाईँको परिवार नै सखाप पारेपछि उनले घर नजिकैको बाँसको झ्याङमा दाउ फाले भने नजिकैको खोलामा गएर लुगा फालेर नुहाएर कपडा फेरेको अनुसन्धानबाट खुलेको छ ।
घटनापछि घर नगई उनी मामाको श्राद्धका लागि पण्डित गोपाल ओझालाई बोलाउन गए । बाहुन लिएर ललितपुरकै लेले काभ्रेस्थित मामाको घर पुगेका उनलाई बिहान कान्छो छोरा महेश्वरले घटनाबारे बताएका थिए ।
लगतै घटनास्थल आएका उनीहरुले प्रहरीलाई सहयोग समेत गरेका थिए । घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनीसँग तीनपटक सोधपुछ गरेको थियो ।
तर, उनले आफूले गरेको होइन भन्दै आए । किन ढाँटेको भन्ने प्रश्नमा उनले त्यसबेला आफू बलियो भएकाले २/४ थप्पड सहन सक्ने भएकाले होइन भनेको बताए । प्रहरीका अनुसार पहरी पछिल्लो तीन वर्षदेखि भक्तपुरको चाँगुनारायण नगरपालिकाको झौखेलमा बस्दै आएका थिए ।(अनलाइन खबरबाट)


,

0 comments

Write Down Your Responses