प्रहरीमाथि आक्रमण गरेपछि घैंटे मारिएको गृहमन्त्रीको दावी
४ भदौ, काठमाडौं । गृहमन्त्री बामदेव गौतमले शान्ति सुरक्षा कायम गर्न अपराध अनुसन्धान तथा फरार अभियुक्तको खोजीमा हिँडेका प्रहरीमाथि आक्रमण गरेपछिको जवाफी कारवाहीमा गुण्डा नाइके कुमार घैंटे मारिएको दावी गरेका छन् ।
आत्मरक्षाका लागि प्रहरीले जवाफी फायर गर्दा अन्दाजी वर्ष ४० का कुमार घैंटे भन्ने कुमार श्रेष्ठ, राज महर्जन र सुरेश महर्जन घाइते भएकामा घैंटेको अस्पतालमा मृत्यु भएको गौतमले जानकारी दिए ।
0 comments
Write Down Your Responses