ब्यवसायीहरुले गरे नयाँ डिएसपीलाई स्वागत
सिन्धुली, भाद्र ४, व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ सिन्धुलीले आज एक समारोह बीच भर्खरै सिन्धुलीमा सरुवा भएर आएका डिएसपी अनुराग कुमार द्धिवेदीलाई स्वागत गरेको छ ।
डिएसपीलाई सिन्धुली जिल्लामा स्वागत गर्दै सिन्धुली जिल्लाको शान्ति सुरक्षालाई व्यवस्थित बनाउन व्यवसायीहरुले आग्रह गरेका छन ।
डिएसपी द्धिवेदीलाई उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष विनेश श्रेष्ठले ढाका टोपी लगाइदिएर सफल कार्यकालकाे कामना गर्दै स्वागत गरेका थिए ।
डिएसपी द्धिवेदी अञ्चल प्रहरी कार्यालय नारायणीबाट सरुवा भएर एकहप्ता अगाडि मात्र सिन्धुली आएका हुन । चिनजान, परीचय र स्वागतकाे क्रम जारी नै छ ।
0 comments
Write Down Your Responses