प्रभावकारी योजना निर्माणका लागी तालिम
लक्ष्मी थापा
सिन्धुली/४ भाद्र/ युवाहरूलाइ प्रभावकारी याेजना निर्माणमा सहयाेग पुर्याउने उदेश्यले युवा लक्षित गरेर आयोजना गरिएको नतिजामा आधारित योजना तर्जुमा सम्बन्धी ३ दिने तालिम आज सिन्धुलीमाढीमा सम्पन्न् भएको छ ।
युवाहरुलाई कुनै पनि काम गर्दा प्रभाबकारी ढङगले सफल र उद्देश्यमुखी बनाउनको लागी आफुले बनाएको योजनाले दिर्घकालीन परिवर्तन ल्याओस र योजना तर्जुमा गर्दा प्रभावकारी होस भन्ने उद्देश्यले तालिम प्रदान गरिएको राष्ट्रिय युवा गैर सरकारी संस्था सिन्धुलीका अध्यक्ष नबराज पहाडीले बताए ।
तालिममा योजना, परियोजनाको चक्र व्यवस्थापन, परिणामको लागी योजना, अनुमानित बजेट, परियोजनाको नाम, परियोजना सुरु हुने आर्थिक वर्ष, लक्ष्य, उद्देश्य लगायतको विषयमा आधारित रहेर युवा आभियानकी कविता राई र नेत्र सागर राईले सहजीकरण गरेका थिए ।
तालिमको राष्ट्रिय युवा गैरसरकारी संस्था सिन्धुलीले आयोजना गरेको थियो भने सहयोग युवा अभियान र सयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले गरेको थियो । तालिम बुधबारबाट सुरु भएको थियो । तालिममा जिल्ला भरिका २ दर्जन युवाहरु सहभागी रहेका थिए ।
0 comments
Write Down Your Responses