Powered by Blogger.
भारतीय गाडीमा आएको समूहले राष्ट्रिय झण्डा च्यात्यो

राष्ट्रिय झण्डा च्यात्नेलाई कारबाही गर्न माग
६ भदौ, नवलपरासी । भारतीय नम्बरको गाडी सवार मधेसी मोर्चाका कार्यकर्ताहरुले नवलपरासीको बुद्धचोकमा नेपालको राष्ट्रिय झण्डा च्यातेको विरोधमा आइतबार स्थानीयबासीले सदरमुकाम परासीमा राष्ट्रियताको पक्षमा प्रदर्शन गरेका छन् ।
शनिवार दिउँसो बासाबसहीमा विरोध प्रदर्शन गरेर फर्केका मधेसी मोर्चाका केही युवाहरुले अखण्ड नवलपरासीको माग गर्दै बुद्धचोकमा बसेका स्थानीयहरुले राखेको राष्ट्रिय झण्डा, पाल र ब्यानर च्यातेका थिए । राष्ट्रिय झण्डा च्यातिरहँदा अगाडि रहेको प्रहरीको टोली भने मुकदर्शक बनेको थियो ।

विगत १४ दिनदेखि सदरमुकाम परासी बन्द गराउँदै आएकाहरुले राष्ट्रय झण्डा च्यातेको विरोधमा स्थानीयले पञ्चायतकालको झल्को दिनेगरी सदरमुकाममा नारा जुलुस प्रदर्शन गरे ।

राष्ट्र रहे सबै नेपाली रहने र अधिकारका लागि भइरहेका आन्दोलनलाई नबिथोल्न माग गर्दै बुद्धचोकबाट निस्केको र्‍यालीले नगरका विभिन्न भाग परिक्रमा गरेको थियो । र्‍यालीमा सहभागीहरुले ‘हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ’, ‘हाम्रो झण्डा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राष्ट्रिय झण्डा च्यात्नेलाई कारबाही गर’, ‘अखण्ड नवलपरासी जिन्दावाद,’ जस्ता नारा लगाउँदै नगर परिक्रमा गरेका थिए ।

र्‍यालीपछि आयोजित कोणसभामा आन्दोलनका अगुवा रामभवन यादवले विभिन्न भाषा, भाषि र जातजातिको संगम नै नेपालको पहिचान भएकाले एकताको प्रतीक राष्ट्रिय झण्डा च्यातेर सदभाव विथोल्न खोज्ने उच्छृङ्खल तत्वलाई निगरानीमा राखि कारबाही गर्न मोर्चा सम्बद्ध पार्टी र प्रशासनलाई आग्रह गरेका थिए ।

भारतीय नम्बर प्लेटमा आएको २०/२५ जनाको समूहले भत्काएको पाल, ब्यानर र राष्ट्रिय झण्डालाई स्थानीयले तत्काल निर्माण गरेर अखण्ड नवलपरासीको पक्षमा आफ्ना कार्यक्रमलाई निरन्तरता दिएका थिए । गत साउन २५ गतेदेखि नवलपरासी टुक्राइएको बिरोधमा परासीका युवा रामभवन यादवको नेतृत्वमा स्थानीयवासीहरु बुद्धचोकमा बसेर आन्दोलन गर्दै आएका छन् ।



,

0 comments

Write Down Your Responses