Powered by Blogger.
राजेन्द्र महतोले भने, हामी हाेइन बामदेव नै आतंककारी हुन

काठमाडौं, भदौ ६ – सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गृहमन्त्री बामदेव गौतमलाई आतंकारीको संज्ञा दिँदै आतंककारीले अरुलाई पनि आतंकाकारी नै देख्ने बताएका छन् । उनले गृहमन्त्री गौतमलाई आफूहरुलाई आतंकारी प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा २०२८ सालको तत्कालिन मालेले शुरु गरेको झापा आन्दोलनतर्फ संकेत गर्दै महतोले भने, ‘हामीले बामदेव गौतम जस्तै बञ्चरोले कसैको टाउको काट्ने काम गरेका छैनौं, हामीले हतियार पनि उठाएका छैनौं । हामी होइन बरु गौतमकै राजनीतिक जन्म आतंकवादबाट भएको हो ।’ उनले वामदेव गौतमलाई आफूहरुले आतंकवाद र सम्प्रदायिकताको कुरा गरेको प्रमाणित गर्न समेत चुनौति दिए । ‘अधिकारका लागि लड्नु अपराध हो भने हामीलाई कारवाही गर्न चुनौती दिन्छु,’ महतोले भने । संसदमा जवाफ दिँदै गृहमन्त्री गौतमले मधेशी दलहरुले आन्दोलनमा ज्यान गुमाउनेलाई  ५० लाखको प्रस्ताव गर्नु आतंककारी जस्तै भएको बताएका थिए ।
अध्यक्ष महतोले जर्बजस्ती ल्याउन खोजेको संविधानले अराजकता निम्ताउने बताउँदै आफूहरु विगतका सम्झौताहरु कार्यान्वयन नगरेको कारण आन्दोलनका उत्रिन पर्ने बाध्यता रहेको बताए । ‘हाम्रो कुनै नयाँ माग होइन, विगतका सम्झौताहरु पालाना हुुनुपयो,’ उनले भने ।
उनले आन्दोलनलाई बलपूर्वक दमन गरेर सरकारले अराजकता फैलाउन खोजेको आरोप समेत लगाए । उनले विगतका सम्झौताअनुसार संविधान निर्माण नभएसम्म आन्दोलन नरोकिने बताए ।
‘ज्ञानेन्द्रभन्दा त अहिलेका दलहरु प्रगमनकारी भए,’ महतोले भने, ‘विगतका सबै उपलब्धीहरु समाप्त पार्न खोजिँदैछ । उनले आफूहरु वार्ताको विरोध नभएको जिकिर गर्दै सरकारले नै वार्ताको वातावरण तयार गर्नुपर्ने बताए ।
उनले स्वायत्त मधेसका भूमिहरु खोसिएको र पहाडमा मिसाउन लागिएकाले मधेसमा दुई प्रदेश सो प्रदेशमा चुरे महाभारतको पहाडी क्षेत्र मिसाइए पनि आफुहरुलाई मान्य हुने उल्लेख गरे ।
उनले वर्षौंदेखि मधेस–थरुहट प्रदेशमा मधेसी, पहाडी र थारुहरु मिलेर बसेको र ती समुदायबीच वैवाहिक सम्बन्ध पनि हुन थालेको उल्लेख गर्दै वर्षौंको सुमधुर सम्बन्धबीच कटुता आउन दिनु नहुने आवश्यकता औँल्याए ।
अबको संविधानमा समानुपातिक प्रतिनिधित्व हटाउन लागिएको, उच्च पदमा मधेसीलाई जान रोकिएको आरोप लगाउँदै उनले खस मानसिकता बोकेका केही शासकीय वर्गले राष्ट्रका लागि होइन कि आफ्नै लागि संविधान बनाउन लागेको आरोप लगाए ।
उनले २०६४ साल फागुन ८ गते भएको सम्झौताअनुरुप र अन्तरिम संविधानमा प्राप्त अधिकार तथा भावनाअनुरुप संविधान बनाउनुपर्ने विषयमा जोड दिउनले ।
आन्दोलनमा ज्यान गुमाउनेलाई ५० लाख दिने विवादास्पद निर्णय बारे बोल्दै उनले पैसाभन्दा भावनालाई बुझ्न आग्रह गरे । उनले पैसाले कसैको जीवन फिर्ता गर्न नसकिने भन्दै अधिकारका लागि लड्नेहरुका लागि सम्मान स्वरुप उक्त प्रस्ताव गरिएको प्रस्ट पारे ।
यसैबीच,  फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य दिलिप धाडेवालले पार्टी परित्याग गरि सद्भावनामा प्रवेश गरेका छन् ।


, ,

0 comments

Write Down Your Responses