Powered by Blogger.
प्रयोग विहिन बन्यो बाल उद्यान(चिल्ड्रेन पार्क)

बुद्धकुमार आछामी
सिन्धुली/ ६ भाद्र । आर्थिक वर्ष २०६८/०६९ मा कमलामाई नगरपालिका कार्यालय, नगरविकास कोष र एसियाली विकास वैकंको आर्थिक सहयोगमा माढीबजारको मुटुमा निर्माण गरिएको बाल उद्यान(चिल्ड्रेन पार्क) प्रयोग विहिन भएको छ । 
बसपार्क नजिकै निर्माण भएकाे चिल्ड्रेन पार्क । फाइल फाेटाे
नगरपालिका कार्यालयका अनुसार झण्डै ५३ लाख लगानीमा निर्माण गरिएको उक्त पार्क अहिले प्रयोग विहिन अवस्थामा रहेको हो । नगरपालिका कार्यालयले वार्षिक १२ हजार पाँच सय रुपैयामा कमलामाई नगरपालिका वडा नं.६ का मान बहादुर कार्कीलाई उक्त पार्कको ठेक्का लगाएको छ तर ठेक्का तिर्नका लागी पुग्ने रकमको आधा पनि पार्कबाट नउठ्ने गरेको कार्की बताउछन । 
पार्कमा केटाकेटी नआउने भएकाले पैसा खासै नउठ्ने गरेको र आफुले ठेक्का रकम बाहिर कमाएर तिर्ने गरेको उनले बताए । कार्कीले भने, “यहाँ त न ग्राहक आउँछन न कमाई हुन्छ ।” पार्कको सरसफाई देखी मर्मत लगायतका सम्पूर्ण काम आफुलेनै गर्नुपरेको र नगरपालिका कार्यालयले ध्यान नदिएको समेत कार्कीले गुनासो गरे । 
ट्राफिक प्रहरीले नाे पार्किग् लेखेकाे एरीयामा राेकीएका गाडीहरू जस्ले पार्कमा जाने ढाेका नै बन्द गरेका छन । फाइल फाेटाे 
त्यति ठुलो रकम खर्चेर निर्माण गरिएको पार्क उपयोग बिहिन बनेको छ । अझ अर्को रमाइलो पक्ष के छ भने पार्कमा कहाँबाट पस्ने भन्ने पत्तो समेत पाउन सक्ने अवस्था छैन । ट्राफिक प्रहरी कार्यालयले नो पार्किङ्ग लेखेको उक्त स्थानमा बोलेरो गाडिहरु रोकेर पार्कमा पस्ने ढोका नै देखिदैन । यातायात व्यवसायीहरुले काउन्टर र आफ्ना गाडीहरुलाई व्यवस्थापन गर्न नसक्दा पार्कको ढोका नदेखिने गरी गाडि रोक्नु पर्ने बाध्यता र लापरवाहि छ । 
लाखौं रकम खर्च गरेर बनाइएको बाल उद्यान निर्माणको समयमा वैज्ञानिक ढंगले योजना बनाउन नसक्दा प्रयोग विहिन बनेको स्थानीयहरु बताउछन ।  


, ,

0 comments

Write Down Your Responses