Powered by Blogger.
एमाओवादीमा प्रचण्डको विकल्प खोजिदैँ

  • रेवती सापकोटा 

काठमाडौ: बरिष्ठ नेता बाबुराम भट्टराई पक्षधरले मुलुकभर समानान्तर पार्टी कमिटी सञ्चालन गरिरहेका वेला प्रमुख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालराजनीतिक र साँगठनिक रुपमा असफल भएको ठहर गर्दै सो पार्टीका युवा नेताहरुले नयाँ नेतृत्वको खोजी सुरु गरेका छन्।
 उनीहरुले शनिवार काठमाडौमा आयोजना गरेको भेला ‘भ्रष्टाचारबाट प्रदुषित नभएका र गल्ती स्वीकार्न तयार हुने प्रदुषितहरुलाई’ समेटेर राजनीतिक र साँगठनिक नेतृत्व गर्न सक्ने नेताको खोजी गर्नु पर्ने निष्कर्षमा पुगेको हो ।राजनीतिक,बैचारिक र साँगठनिक रुपमा दाहालसहितको नेतृत्व बिचलित भएको निष्कर्षपछि नयाँ ढंगले पार्टीको पुनरसंरचना गर्न उनीहरु कस्सिएका हुन ।
‘प्रदुषित नभएका साथीहरु र प्रदुषित भएर पनि प्रायश्चित गर्न तयार हुनेहरुसँग पार्टीलाई नयाँ ढंगले रुपान्तरण गर्न राजनीतिक र सैद्धान्तिक छलफल गरिनुपर्छ’भेलालाई आफूले दिएको सुझाव उघृत गर्दै बिश्वभक्त दुलाल‘आहुती’ले अन्नपूर्णसँग भने ‘कम्युनिष्ट,कम्युनिष्ट आन्दोलनको रुपमा छैन,यस्तो अवस्थामा गुटको पनि केहि अर्थ छैन,महाधिवेशनसम्म पुगुन्जेल रुपान्तरित पार्टी हुने गरी छलफल र बहस गर्नु सकारात्मक हुन्छ ।’


 एक बर्षदेखि पार्टीको जिम्मेवारी विहिन अवस्थामा रहदै आएका केन्द्रीय सदस्य प्रकाश पोखरेल र बिद्यार्थी संगठनबाट बाहिरिएका युवा नेता जागृत रायमाझीको अगुवाइमा बोलाइएको भेलामा पूर्व एकताकेन्द्रका नेता कार्यकर्ता सहभागी थिए । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ संविधान निर्माणको छलफलमा व्यस्त रहनु परेको र सचिव गिरिराजमणि पोखरेल अस्थस्थ रहेका कारण उपस्थित हुन नसकेको भेलामा जानकारी गराइएको थियो । 
 एमाओवादीको राजीतिबाट निष्क्रिय रहेका नेता अमिक शेरचन र नेता लिलामणि पोखरेल,महिला नेतृ सीता पोखरेल पनि सहभागी थिए । एक सहभागीका अनुसार भेलामा सहभागी भएकाहरु करीव आधाले पार्टी पुनर्गगठन गरेर अगाडि बढनु पर्ने सुझाव दिएका थिए भने केहिले पार्टी नै बिभाजन गर्न सुझाव दिएका थिए ।
 ‘यथास्थितिमा पार्टी बन्दैन भन्ने साझा निष्कर्ष आएको छ । क्रान्तिकारी पार्टी नरहदा औपचारिक रुपमा बिसर्जन भएर सकिने भयो,नयाँ ढंगले छलफल र बहस प्रारम्भ गर्न थालेका हौ’भेलाले बनाएको ‘समाजवादका निम्ति बैचारिक अभियान’को संयोजक रहेका प्रकाश पोखरेलले अन्नपूर्णसँग भने‘करीव ९९ प्रतिशतले प्रचण्डले पनि गरिखान्नन भन्ने तर्क गरेका छन भने कतिपयले यथास्थितिमा सम्बन्ध बिच्छेद नगरी पार्टी बन्दैन भन्ने सुझाव दिएका छन । 
यस्तो अवस्थामा भावनामा समानता र उद्देश्यमा एकता हुनेहरुले कम्युनिष्ट आन्दोलनलाई बचाउने संकल्पको एकरुपता खोजेका हौ ।’ उनीहरुले प्रत्येक साता वा दुई सातामा एक पटक अन्तरक्रिया गरेर राजनीतिक र बैचारिक बिषयमा बहस छलफल गर्न सुझाव दिएका थिए । पार्टीका कमिटीहरुको नियमित बैठक नबस्दा कार्यकर्तालाई गुनासो पोख्ने ठाउँको रुपमा पनि अभियानको संयन्त्र मुलुकभर बिस्तार गर्ने योजना पनि उनीहरुले बनाएका छन ।
पूर्व एकताकेन्द्रको छुट्टै भेला गर्ने र अर्को छुट्टै पार्टी बनाउने पक्षमा आफू नरहेको पनि पोखरेलले प्रष्टयाए । भेलामा पार्टीले जिम्मेवारी नदिएका,पार्टीमा निष्क्रिय रहेकाहरु बढी सहभागी थिए । भेलामा सभासदहरु डिआर पौडेल,अनिता परियार र निशा साह पनि सहभागी थिए । काभ्रे र नुवाकोटका कार्यकर्ता समेत सहभागी रहेको भेलामा ८० प्रतिशत समय कार्यकर्तालाई र २० प्रतिशत समय नेतालाई आफना धारणा राख्न दिइएको सहभागी कमल गिरीले जानकारी दिए । 
 भेलामा आहुतीले १८ मिनेट र लिलामणिले १८ मिनेट बोलेका थिए । ‘नयाँ बहस नल्याउने हो भने कोही निराश भएर पार्टीलाई धारेहात लगाएर बाहिरिने,कोही तितर वितर हुने अवस्था देखियो’प्रकाश पोखरेलले भने‘अव हामीले मोहन बैद्य र नेत्रबिक्रम चन्दसँग पनि छलफल गर्छौ,भावनामा समानता र उद्देश्यमा एकरुपता भएमा कम्युनिष्ट क्रान्तिकारीहरुको नयाँ संकल्प गर्ने फोरम बनाउने प्रयासमा छौ ।’(साभार अन्नपूण पाेष्ट डटकम बाट)


, ,

0 comments

Write Down Your Responses