Powered by Blogger.
मोबाइल चलाउँदा आँखा र गर्धनमा समस्या, यसरी बच्नुहोस्

सूचना प्रविधिको तिव्रतर विकाशसँगै मोबाइल फोन अहिले आम मानिसको पनि अभिन्न साथी बनिसकेको छ । मोबाइल फोन हाम्रो जिवनशैली तथा दैनिकीसँग गाँसिइसकेको छ ।
तिव्र सम्पर्कका लागि मोबाइल फोनभन्दा राम्रो विकल्प अरु सायदै होला । तर हरसमय मोबाइल फोनमा व्यस्त रहने बानीले हाम्रो सरीरको स्वास्थ्यसँग सम्बन्धित विभिन्न खाले समस्याहरु निम्त्याउन सक्छ ।
त्यसैले मोबाइल फोनको प्रयोगका बेला केही कुराहरुमा ध्यान दिनुपर्छ, ता की त्यस्ता समस्यालाई निराकरण गर्न सकियोस् । बढि मोबाइल फोनको प्रयोगका कारण हुने स्वास्थ्य समस्या तथा त्यसको समाधानका केही उपाय यस्ता छन्ः
आँखाको समस्याः तपाइँको स्मार्टफोनले ह्वाट्सएप, फेसबुक तथा टि्वटर जस्ता साइटहरु सेकेण्ड भरमै खोलिदिन्छ र तपाइँले चाहेको कुरा गर्न सक्नुहुन्छ । तर के तपाइँलाई थाहा छ ? यसरी तिव्र गतिमा चाहेको कुरा हेर्न दिने त्यो स्मार्टफोनले तपाइँको आँखाको ज्योति भने विस्तारै खोसिरहेको हुन्छ । स्मार्टफोनको सानो स्क्रिनमा आँखाको समग्र हेराइ केन्द्रित गर्दा आँखामा जोड पर्दछ । जसका कारण आँखामा आँशु आउने, धमिलो देखिने, टाउको दुख्ने, आँखा रातो हुने जस्ता समस्या देखिन्छन् ।

त्यसैले स्मार्टफोनबाट आँखालाई बचाउनका लागि आफ्नो फोन प्रयोग गर्दा आँखा र मोबाइल फोनबीच केही दूरी कायम राख्नुहोस् अर्थात् आँखाको नजिक लगेर मोबाइल नचलाउनुहोस् । फोनमा एकोहोरो लामो समयसम्म हेरिरहनुको साटो बीच बीचमा मोबाइलको स्क्रिनबाट आँखा हटाएर ब्रेक लिनुहोस् र केही समयका लागि आँखा चिम्लिनुहोस् । हत्केलालाई एक आपसमा रगडेर चिम्लिएको आँखाको परेला माथि राख्नुहोस् । यसले आँखालाई आराम मिल्दछ ।
गर्धन तथा पिठ्यूँको समस्याः मोबाइलमा मेसेजिङ तथा च्याटिङ धेरै गर्ने बानी केही समयका लागि खुसीको विषय बन्न सक्ला । तर, यसले स्वास्थ्यमा भने दीर्घकालीन असर गर्नसक्छ । मोबाइल चलाउँदा लामो समयसम्म सरीर झुकाएर च्याट गर्ने, म्यासेज पठाउने तथा गीत सुन्ने गर्दा त्यसले गर्धन तथा पिठ्यूँ दुख्ने समस्या उत्पन्न हुन्छ । सुरुमा गर्धन दुख्ने समस्या देखिन थाल्छ र त्यो विस्तारै पिठ्यूँमा सर्दछ । गाडी चलाइरहेको अवस्थामा पनि कतिपय मानिसहरु कानको एक साइडमा फोन चेँपेर टाउको एकापटि्ट ढल्काएर फोनमा कुरा गर्दछन् । यसरी लामो समयसम्म टाउको बंग्याएर फोनमा कुरा गर्दा गर्धनको दुखाइले पिरोल्न सक्छ ।
त्यसैले फोनमा कुरा गर्दाको समयमा गर्धन सिधा राख्नुपर्छ । गाडी चलाउँदै हुनुहुन्छ वा तपाइँको हात अन्य काममै व्यस्त छ भने तत्कालका लागि कसैलाई फोन गर्ने तथा फोन उठाउने काम नगर्नुहोस् । मोबाइलमा कुरा गर्नैपरेको छ तर हातले मोबाइल अठ्याउने फुर्सद छैन भने कान र कुमले मोबाइल फोन चेँपेर कुरा गर्नुको साटो एयरफोनको प्रयोग गर्नुहोस् । साथै लामो समयसम्म टाउको झुकाएर तथा कुपि्रएर च्याटिङ तथा मेसेजिङ गर्ने नगर्नुहोस् । -एजेन्सीको सहयोगमा


,

0 comments

Write Down Your Responses