Powered by Blogger.
सदभावना सभासदले नेम्वाङलाई बुझाए राजीनामा पत्र

६ भदौ, काठमाडौं । सदभावना पार्टीका सभासदहरुले संविधानसभा अध्यक्ष सुवास नेम्वाङसमक्ष राजनीनामा बुझाएका छन् ।
संविधान निर्माण गर्दा मधेस केन्द्रित दल र मधेसी समुदायलाई उपेक्षा गरिएको भन्दै सदभावना पार्टीले संविधानसभा छाड्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष राजेन्द्र महतोले पत्रकार सम्मेलन गरी संविधानसभाबाट सामूहिक राजीनामाको घोषणा गरेका थिए ।
आइतबार संविधानसभा अध्यक्ष नेम्वाङको कार्यकक्षमा पुगेर सदभावनाका सभासदहरुले राजीनामा पत्र बुझाएका हुन् ।
सो क्रममा नेम्वाङले सकभर राजीनामा नदिन आग्रह गरेको सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।


,

0 comments

Write Down Your Responses