यी हुन् कैलालीमा मारिएका एसएसपी न्यौपाने
काठमाडौं : कैलालीको टिकापुरमा सोमबार दिउँसो थरुहट र मधेसी दलका हतियारधारी कार्यकर्ताबाट मारिएका एसएसपी लक्षमण न्यौपाने एक वर्षअघि सरुवा भएर सेती पुगेका थिए ।
सेती अञ्चल प्रहरी प्रमुख बनेर २०७१ भदौमा सेती अञ्चल प्रहरी कार्यालय धनगढी पुगेका न्यौपानेको पुख्र्यौली घर भोजपुरको गोगने हो ।
२०४४ चैत २९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका न्यौपानेको परिवार भोजपुरको गोगनेबाट बसाइँ सरेर झापाको चन्द्रगढी पुगेको थियो ।
यसअघि धौलागिरी अञ्चल प्रहरी प्रमुख रहेका उनी त्यहाँबाट सेती अञ्चल प्रहरी प्रमुखमा सरुवा भएका थिए । केही समययता संघीयताको तनाव बढ्दै गएपछि उनी आफैं आफ्नो मातहतका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न खटिएका थिए ।
स्थानीय प्रशासनले टिकापुरमा चार दिनदेखि लगाएको निषेधाज्ञाका क्रममा शान्ति सुरक्षा कायम गर्न सिपाहीहरुसँगै उनी पनि निरन्तर खटिइरहेका थिए । शान्ति सुरक्षा कायम गर्ने क्रममै थरुहट र मधेसी दलका कार्यकर्ताको अाक्रमणमा उनीसहित २१ जना प्रहरी मारिए ।
२०६८ मा एसएसपीमा बढुवा भएका उनको परिवार काठमाडौंको सिनामंगलमा बसोबास गर्दै आएको छ । उनको परिवारमा श्रमती, एक छोरा र एक छोरी रहेका छन् ।
0 comments
Write Down Your Responses