जनजातीहरूकाे बन्दले सुनसान सिन्धुलीमाढी
सिन्धुली, ७ भाद्र । जनजाती महासंघले गरेको बन्दका कारण दोश्रो दिन पनी सिन्धुली प्रभावित भएको छ । सधै जसो सवारी साधन र यात्रीहरुको भीडभाड रहने सिन्धुलीमाढी विहानै देखी सुनसान रहेको छ । बन्दकर्ताहरु विहानै देखी सडकमा निस्कीएर बसीरहेका छन । बन्दका कारण दैनीक संयौं सवारीसाधन चल्ने विपी राजमार्ग पनि सुनसान बनेको छ ।
बन्दकर्ताहरु राजमार्गमा नै झण्डा लिएर समुहमा बसीरहेका छन । बजारका एउँटा पनि पसल खुल्न सकेका छैनन । प्रेसका माेटरसाइकल र एम्बुलेन्स बाहेक अन्य कुनै पनि सवारी चल्न दिइएकाे छैन । पहिचानमा आधारमा प्रदेशहरुको सीमांकन गर्नु पर्ने, आदिवासी जनजाति आयोग गठन गर्नु पर्ने लगायतको माग राख्दै जनजाति महासंघले हिजाे र अाज नेपाल बन्दको आह्वान गरेको थियाे ।
बन्दका क्रममा देखिएका केहि दृश्यहरू
राजमार्ग बन्दकाे तमासा हेर्दै शसस्त्र प्रहरी र नेपाल प्रहरी |
बिपी राजमार्गमा जम्मा भएर बन्द गर्दै बन्दकर्ताहरू । |
बन्दका कारण सुनसान सिन्धुलीमाढीकाे मुख्य चाेक |
सुनसान बजार क्षेत्र ।
फाेटाेः उदब कुमार श्रेष्ठ (बिजयकिल्ला डटकम)
|
0 comments
Write Down Your Responses