Powered by Blogger.
बिद्यार्थी घाइते भएपछि विपी राजमार्ग बन्द

बुद्धकुमार आछामी 
सिन्धुली, भाद्र ८ । विद्यार्थीलाई ठक्कर दिएर घाइते बनाएको बिरोधमा सिन्धुली सित्तलपार्टी गाविसका  स्थानीयवासीहरुले मङ्गलबार २ घण्टा वीपी राजमार्ग बन्द गराएका छन । 
राजमार्ग बन्दकाे फाेटाे । श्राेत फेसबुक 
सित्तलपार्टी गाविसकै चैनपुरबाट खाल्टेमा रहेको दिर्घप्रदिप उच्च माविमा अध्यन गर्न बा ३ख २५४४ नम्बरको यात्रुवाहक गाडी चढेर आएका उनलाई गाडीबाट झर्ने क्रममा सोही गाडीले ठक्कर दिएको थियो । 
गाडीले ठक्कर दिएर घाइते हुने रामेछाप जिल्ला पगरबास गाविस–१ का १७ वर्षिय नानीवाबु माझीको धुलिखेल अस्पतालमा उपचार भईरहेको र ठक्कर दिने गाडी र चालक इलाका प्रहरी कार्यालय खुर्कोटको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए ।
दिर्घप्रदिप उमावि खाल्टेमा कक्षा ९ मा अध्यन गर्ने माझीलाई काठमाण्डौबाट ओखलढुंगाको नवलपुर यात्रु लिएर हिडेको मुस्कान डिलक्सले ठक्कर दिएको विद्यालयका प्रधानाध्यापक संकर प्रसाद उप्रेतीले बताए । 
घटना पछि राजमार्ग बन्दमा उत्रिएका स्थानीयहरु, विद्यालय प्रशासन, यातायात व्यवसायी र प्रहरी प्रशासनको उपस्थितीमा भएको छलफलमा घाइते विद्यार्थीको सम्पूर्ण उपचार यातायात व्यवसायीले गरिदिने सहमति पछि राजमार्ग खुलाइएको प्रअ उप्रतिले जानकारी दिने । स्थानीयहरुले १० बजे देखी १२ बजेसम्म चक्काजाम गरेका थिए । 


,

0 comments

Write Down Your Responses