Powered by Blogger.
भुकम्प पीडितलाई बाड्न २७ करोड ३७ लाख निकाशा

सबै पीडितहरुले अझै पाएनन् राहत रकम 

बुद्धकुमार आछामी
सिन्धुली, ९ भाद्र । गत वैशाख १२ र २९ गते गएको विनासकारी भुकम्पबाट पीडित भएका परिवारहरुलाई सरकारले अस्थायी टहरा निर्माणका लागी प्रदान गर्ने भनिएको १५ हजार राहत रकम बितरण गर्न कमलामाई नगरपालिका कार्यालय र जिल्लाका ४५ गाविसहरुलाई जिल्ला प्रशासन कार्यालयले २७ करोड ३७ लाख १० हजार रुपैयाँ रकम निकाशा दिइसकेको बताएको छ । 
निकाशा भएको रकम मध्ये अहिले सम्म १७ करोड ४६ लाख ३० हजार रकम पीडीतहरुलाई वितरण भइसकेको र अन्य रकम धमाधम पीडितहरुलाई बितरण गर्ने काम भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयमा भएको रेकर्ड अनुसार ११ हजार ६४२ घरपरिवारलाई प्रतिघरधुरी १५ हजारका दरले अस्थायी टहरा निर्माणका लागी राहत रकम वितरण गर्ने काम सकिएको छ ।
कमलामाई नगरपालिका कार्यालयलाई सबैभन्दा बढी ४ करोड रुपैयाँ रकम निकाशा दिइएकोमा २ हजार २२० घरधुरीलाई ३ करोड ३३ लाख रुपैयाँ रकम वितरण गरिसकेको छ भने सवैभन्दा कम अरुणठाकुर गाविसमा एउँटा परिवारका लागी १५ हजार रुपैयाँ निकाशा र वितरण भएको छ । 
केहि गाविसहरुले भने विवादका कारण अझै पनि जिल्ला प्रशासन कार्यालयले निकाशा दिएको रकम पीडित परिवारलाई वितरण गर्न सकेका छैनन भने आवश्यकता अनुसार जिल्ला प्रशासन कार्यालयले रकम निकाशा नदिदा पीडितहरुले राहत पाउन सकेको अवस्था छैन । जिल्ला प्रशासन कार्यालयले इन्जीनियर सहितको टोलीले संकलन गरेको क्षतिको यर्थात रिर्पोटको आधारमा गााविसलाई रकम निकाशा दिने गरेको बताएको छ । 
सरकारले अस्थायी टहरा निर्माणका लागी आफ्नो घर पूर्ण क्षति र आंशीक क्षति भएका परिवारलाई अस्थायी टहरा निर्माणका लागी तत्काल १५ हजार दिने निर्णय गरेको भएपनि भुकम्पको ४ महिना वितिसक्दा पनि उक्त राहत रकम लिन नपाउँदा पीडितहरु अलमलमा परेका छन । 
क्षतिको विवरण संकलनमा खटिएको इन्जीनियर सहितको टोलीको लापरवाहिका कारण गैर पीडितहरुले राहत पाउने र पीडितले नपाउने अवस्था आएका कारण पनि गाउँमा राहत रकम वितरण गर्न निक्कै समस्या हुने गरेको छ । कति पीडितहरुले राहत पाउन सकेका छैनन् भने कतिपयले राहत पाएर पनि त्यसको सहि सदुपयोग गरेको अवस्था छैन । अस्थायी टहरा निर्माणका लागी भनेर दिएको रकमले पीडितहरुले अस्थायी टहरा भने खासै बनाएको देखिदैन । 

दैवी प्रकोप कोषमा संकलीत रकम जस्ताको तस्तै 

बिनासकारी भुकम्पबाट पीडित बनेका जिल्लाबासीहरुलाई राहत स्वरुप खर्च गर्न जिल्ला स्थित स्थानीय संघ संस्थाहरुले जिल्ला दैवी प्रकोप कोषमा जम्मा गरिदिएको रकम भुकम्पको ४ महिना वितिसक्दा पनि खर्च हुन सकेको छैन । 
कोषमा जिल्लाका विभिन्न् संघ संस्थाले प्रदान गरेको कुल ७ लाख ४८ हजार ११४ रुपैयाँ जम्मा भएको थियो । त्यसमध्ये जिल्ला विकास समितिलाई २ लाख ४० हजार रुपैयाँ रकम निकाशा दिएको छ भने बाँकी ५ लाख भन्दा बढी रकम कोषमा नै रहेको छ । 





,

0 comments

Write Down Your Responses