कृषि सहकारी संघको अधिवेशनकाे तयारी अन्तीम चरणमा
राजन परियार
सिन्धुली,भदौ ९/ कृषि सहकारी संघ लिमिटेड सिन्धुलीको भाद्र २१ गते हुने तेस्रो साधारण सभा तथा प्रथम जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको उक्त सहकारीले जनाएको छ ।
अधिवेशन पश्चात निकट भविष्यमा सिन्धुली जिल्लाको कृषि क्षेत्रमा वैज्ञानिक तथा आधुनिक कृषि व्यावसायको विकास गर्नको लागी कृषि क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायसँग कृषि सहकारी संघ लिमिटेड सिन्धुली अत्यन्त क्रियासिल भएर लागी रहने संघका अध्यक्ष राम बहादुर विश्वकर्माले बताए ।
0 comments
Write Down Your Responses