Powered by Blogger.
हिंसात्मक घटनाको तीन दिनपछि गृहमन्त्री टीकापुरमा

१० भदौ, काठमाडौं । एसएसपीसहित ८ जनाको मृत्यु भएको तीन दिनपछि गृहमन्त्री बामदेव गौतम जिल्लाको अवस्था बुझ्न कैलालीको टीकापुर पुगेका छन् ।
हिंसापछि पनि टीकापुर नआएको भन्दै गृहमन्त्रीको आलोचना हुँदै आएको थियो । विहीबार टीकापुर पुगेका गृहमन्त्री गौतमले स्थानीय प्रशासन र प्रहरी अधिकारीहरुबाट घटनाबारे जानकारी लिनेछन् ।

मानव अधिकार आयोगको टोली पनि टीकापुरमा

राष्ट्रिय मानव अधिकार आयोगको टोली टीकापुर पुगेर घटनाको अनुगमन र अनुसन्धान सुरु गरिसकेको छ । टीकापुरमा रहेका राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले अनलाइनखबरसँग भने, ‘घटनास्थल, प्रहरी, अस्पताललाई अनुगमनको दायरामा ल्याएका छौं । आज नागरिक समाजसँग अन्तरक्रिर्याको कार्यक्रम छ ।’
हिंसात्मक झडपपछि स्थानीय प्रशासनले टीकापुर र सदरमुकाम धनगढीलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै कर्फ्यू समेत लगाएपछि आन्दोलनकारी सडकमा देखिएका छैनन् । सडकहरु सुनसान छन् । स्थानीय अझै पनि त्रासमा छन् ।
मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले भने, ‘बाहिर निस्किने अवस्था छैन, सडकमा फाट्ट फुट्ट मात्रै मानिस देखिन्छन् ।’


,

0 comments

Write Down Your Responses