सहायक प्रवन्धक राईलाई विदाई
राजन परीयार
सिन्धुली, १० भाद्र/हातेमालो साना किसान कृषि सहकारी संस्था डाडिगुरासे—८ सिन्धुली र कृषि सहकारी संस्था लिमिटेड सिन्धुलीले सयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरेर सहकारी विकास वैक लिमिटेड, सिन्धुलीमा कार्यरत सुभद्रा राईलाई बिहिबार बिदाई गरिएको छ ।
सहकारी विकास वैक लिमिटेड शाखा कार्यालय सिन्धुलीमा २०६९ सालदेखी लेखापाल पदमा कार्यरत राई हाल सहायक प्रवन्धकको पद सम्हाली रहेकी थिइन ।
उनको राष्ट्रिय सहकारी विकास वैककोे केन्द्रिय कार्यालयमा सरुवा भएको छ । नेपालमा रहेका ३४ वटा सहकारी वैँक मध्ये सिन्धुली शाखा १७ औं स्थानमा परेको थियो ।
बैंकलाई १७ औं स्थानमा पुयाउनुमा राईको ठुलो मेहनत र लगनशीलताले सहयोग पुयाएको सहकारी विकास वैक शाखा कार्यालय सिन्धुलीका प्रवन्धक हिरा सुनारले बताए ।
0 comments
Write Down Your Responses