Powered by Blogger.
सभासदको प्रस्ताव-दुई कारी र एक चारीलाई फाँसी दिने संविधान बनाउँ

'दुई वर्षको बच्चा मार्ने कुनै राजनीतिक आन्दोलन होइन'

११ भदौ, काठमाडौं । संविधानको परिमार्जित विधेयकमाथि छलफल चलिरहेका बेला एकजना सभासदले उनकै भाषामा ‘दुई कारी र एक चारी’लाई मृत्युदण्ड दिने गरी संविधानमै व्यवस्था गर्ने प्रस्ताव राखेका छन् ।

मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले पेश गरेको बिधेयकमाथि शुक्रवार छलफलमा भाग लिँदै एमाले सभासद यज्ञराज सुनुवारले विधेयकमा संशोधन राखेर यो व्यवस्था गर्नुपर्ने बताए ।
कैलालीको टीकापुरमा २ वर्षको बालकलाई आन्दोलनका नाममा हत्या गरिएको र प्रहरीलाई आगोमा जलाएर मारिएको घटनाले मृत्युदण्डको आवश्यकता अझ टड्कारो बनेको उनले बताए ।
सुनुवारले भने, ‘दुई वर्षको बच्चालाई मार्ने, ६ वर्षकी बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड बाहेक अरु कुनै पनि सजाय कम हुन्छ । त्यसैले नरसंहारकारी, बलात्कारी र भ्रष्टाचारीलाई फाँसी दिने संविधान बनाउँ ।’
सुनुवारले २०६२/६३ को जनआन्दोलनका उपलव्धी गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई कुनै पनि हालतमा परिवर्तन गर्न नहुने बताए ।
संविधान जारी हुन नदिन धेरै खालका षडयन्त्र भएकाले अब संविधान निर्माणको काम एक मिनेट पनि रोक्न नहुने उनको भनाइ थियो ।


,

0 comments

Write Down Your Responses