जिविसको विरुद्ध उत्रिए तीन पार्टीका युवाहरु
बुद्धकुमार आछामी
सिन्धुली, ११ भाद्र । अपारदर्शी र गैर जिम्मेवारपूर्ण क्रियाकलाप गरेर पछिल्लो समय निक्कै चर्चामा रहेको जिल्ला विकास समिति सिन्धुली बिरुद्ध जिल्लाका ती राजनैतिक पार्टी निकट युवाहरु एकजुट भएर विरोधमा उत्रिएका छन ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj6OQ_N5Orcz7m359fAJ_4tBtYUe55AZJgEjSLqegUlRIvJ1Kc0x7iE95qFaEqNYaFOY5uD2tlhHhieZWl6fh0sCwW4OQe7OJtenhFi_EBSsbY2qBT-kvwoW4zjLg2ikZJGyw3cwT7cgWA/s640/jibisa+sindhuli.jpg)
आज विभिन्न् ५ बुद्धे माग राख्दै नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा(एमाले)निकट युवा संघ र एकीकृत माओवादी निकट वाइसीएल सिन्धुलीले सयुक्त रुपमा स्थानीय विकास अधिकारी प्रदिप कुमार निरौलालाई ज्ञापन पत्र बुझाएका छन ।
नेविसंघका जिल्ला उपाध्यक्ष बिदुर खतिवडा, युवा संघ सिन्धुलीका अध्यक्ष संकर लुगेली र वाइसीएलका जिल्ला अध्यक्ष धीरज मगरले हस्ताक्षर गरेको सयुक्त ज्ञापन पत्रमा पछिल्लो समय जिविस भित्रकै कर्मचारीहरुको मनपरिका कारण जिविस विवादमा मुछिएको कारण जिल्ला विकास समितिले तत्काल त्यसको निकास निकाल्नु पर्ने माग गरिएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjhb88Zhr9Dc2M4d9S7ElP37vwdc3sDdWhbbTfftDvdCiC0bjYG8fhgSWRXDXn3lDtu4x1VDnhyphenhyphenXYKQ4TACn4oUyrxrmZ87DT2dUqvQfxWqT8c5DsNrWijKNAOBCTbXHG50QzAhuRtF-tI/s640/11951164_1462701134036886_6528838922175929174_n.jpg)
ज्ञापनपत्र मार्फत सबल परियोजनाको स्थानीय संस्था छनौटमा कर्मचारीहरुले गरेको गतिविधी, गत आर्थिक वर्षको महिला तथा वालवालिकाको क्षेत्रमा खर्च भएको बजेट, सुनौलो हजार दिन परीयोजनामा भएको चलखेल, जिविस भित्रकै कर्मचारीले सार्वजनिक स्थलमा दिएको गैरजिम्मेवारी अभिव्यक्ति र एमसीपीएममा फेल भएका गाविस सचिबहरुलाई तालिम प्रदान गर्न भनेर आएको रकम तालिम नै नगराई सचिबहरुलाई माइन्यूटमा हस्ताक्षर गराएको लगायत विषयमा आफुहरुको गम्भीर ध्यानाकर्षण भएको र यी विषयहरुलाई तत्काल छानविन गर्न उनीहरुले ज्ञापन पत्र मार्फत माग गरेका छन ।
जिल्ला विकास समिति सिन्धुली केहि कर्मचारीहरुका कारण भ्रष्टाचारको अखडा र बन्दै गएको र सिमित व्यक्तिले सिंङ्गो जिल्ला विकासलाई आफ्नो बिर्ता सम्झेर मनपरि गरेका कारण सवै पार्टीका युवाहरु एकै ठाउँ उभिएर त्यसको विरुद्ध अगाडि बढीएको युवा संघ सिन्धुलीका सचिब सुन्दर तामाङ्गले बताए । जिविसले चिक्त बुझ्दो निकाश नदिएमा कडा आन्दोलनमा जान बाध्य हुने सचिब तामाङ्गले बताए ।
उता यस विषयमा स्थानीय विकास अधिकारी प्रदिप कुमार निरौलाले जिविसले ज्ञापनपत्रलाई हार्दिकतापूर्वक लिएको र ज्ञापनपत्रमा उठाइएको विषयहरुको बारेमा छलफल मार्फत निकाश खोजिने बताए ।
0 comments
Write Down Your Responses