Powered by Blogger.
नेपाली विद्यार्थी विश्वमै उत्कृष्ट

१२ भदौ, काठमाडौं । नेपाली विद्यार्थी सिर्जना भण्डारी गौतमले एसोसिएसन अफ चार्टर्ड सटिफाइड अकाउन्टेन्ट्स (एसीसीए)मा विश्वमै सबैभन्दा बढी अंक ल्याएर प्रथम भएकी छन् ।
लन्डनमा अध्ययनरत उनले २१ हजार तीन सय सात जना परीक्षार्थीलाई पछि पार्दै ८९ अंकका साथ प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् ।
चितवनको लंकु ६ निवासी सिर्जनाले गत जुनमा एसीसीए पी वानको परीक्षा दिएकी थिइन् ।
सिर्जनाले भनिन्-‘हामीले पढ्ने जम्मा १४ वटा विषय हुन्छ । जसमध्ये १० वटा मैले पास गरिसके । पहिलो स्टेफमा हुने फन्डोमन्टल अन्गर्ततका ९ विषयमा पास भए । प्रोफेसनल अन्तर्गत पी वनको परीक्षामा सर्वोत्कृष्ट अंक आएको छ । म अत्यन्तै खुसी छु । अब पी टु, पी थ्री, पी फोर, पी पाइवको परीक्षा आउन बाँकी छ ।’
आफ्नो सफलताको कारण श्रीमान र परिवारको हौसला रहेको पनि उनले बताइन् । जीवनमा साधै सफलता हात पार्नका लागि उक्साइरहने आमा तारा भण्डारी, बुबा रामराज भण्डारी तथा सासुआमा पुर्नकला गौतम र ससूराबुबा ओमिलाल गौतमको विशेष हात रहेको बताइन् ।
चितवनको अर्किड कलेजबाट ए लेभल उत्तिर्ण गरेपछि उच्च शिक्षाका लागि सन् २०१० मा उनी लन्डन पुगेकी थिइन् । उनले लन्डन मेट्रोपालिटन युनिभर्सिटीबाट म्याथ एण्ड अकाउन्टिङमा व्याचलर्स डिग्री गरेर एसीसीए पढ्न थालेको वी नेपालीले जनाएको छ ।
सिर्जना अहिले लन्डनस्थित एक व्यवस्थापन कम्पनी ‘एम एण्ड जी’मा काम गर्दै आएकी छन् ।


, ,

0 comments

Write Down Your Responses