Powered by Blogger.
कराेडाैंकाे सुनौला हजार दिन आयोजना के हुँदैछ ?

आर्थिक वर्ष २०७०७१ मा कार्यक्रम नै सञ्चालन गर्न नसकेर करोडौं रुपैयाँ फ्रिज भएको सुनौला हजार दिन आयोजना अन्र्तगत गत आर्थिक वर्ष २०७१/७२ मा भने २ करोड भन्दा बढी रकम खर्च गरिएको छ । यति ठुलो रकम खर्च गर्ने आयोजनाको प्रभावकारीता र पारदर्शीतामा भने जिम्मेवार पक्षले खासै ध्यान दिएको अवस्था देखिदैन । प्रभावकारी ढंगले गतिविधीहरु सञ्चालन गर्ने भन्दा पनि बजेट सक्ने हिसाबले कार्यक्रम सञ्चालन गरेको देखिन्छ जस्ले गर्दा गर्भवती महिला र बालवालिकाहरुको निम्ती खर्च गर्न आएको बजेट धेरै दुरुपयोग भएको छ भने केहि कार्यक्रम सञ्चालन गर्न नसक्दा फिर्ता भएर गएको छ ।

के हो सुनौला हजार दिन आयोजना ?

“सुनौला हजार दिन आयोजना–पोषणका लागि समुदायको क्रियाशिलता” बिश्व बैकको ऋण तथा अनुदान सहयोगमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट संचालित पोषण केन्द्रित आयोजना हो । आयोजना मार्फत् स्थानीय समुदायमा बाल तथा मातृ कुपोषणलाई न्युनीकरण गर्न आवश्यक वस्तु तथा सेवाको पूर्तिको लागि वित्तीय तथा प्राबिधिक सहयोग उपलब्ध हुनेछ । लक्षित समुदायले व्यक्तिगत सरसफाई गर्ने बानीमा सुधार (खाना अधि र पछि हात धुने तथा चर्पीको प्रयोग र प्रयोग पछि सावुन पानीले हात धुने, गर्भवती भएको अवस्थामा धुम्रपान नगर्ने, घरभित्रको धुवां र वायुप्रदुषणमा कम गर्ने, शुद्ध तथा सफा खानेपानीको प्रयोग, बालिकाहरूको पढाइमा निरन्तरता, कम्तीमा २० वा २० वर्षपछि मात्र पहिलो गर्भधारण, गर्भवती भएको अवस्थामा भोजनमा विविधता तथा सुक्ष्म पोषणको उपभोगमा वृद्धि, स्तनपानमा सुधार तथा ६ देखि २४ महिनाका बालवालिकाहरूको पोषणमा सुधार जस्ता विभिन्न नतिजा प्राप्तिका लागि १००० दिनमा सम्पन्न गर्न सकिने स–साना कार्यक्रमहरु सञ्चालन हुनेछन् । आयोजना अवधि ५ वर्षको (सन् २०१२ अक्टोवर देखि २०१७ मार्च सम्म हुनेछ । आयोजना सञ्चालन गर्न विश्व बैंकबाट ४० मिलियन अमेरिकी डलर सहयोग उपलव्ध हुनेछ ।

आयोजनाको लक्ष्य के छ ?

प्रजनन उमेर पुगेका महिलाहरू र दुई वर्षमुनिका बच्चाहरूको पोषणमा सुधार गर्नको लागि सामाजिक धारणा र परम्परामा सुधार ल्याउनु आयोजनाको मुख्य लक्ष्य रहेको छ ।

आयोजनाका लाभग्राहीहरू को को हुन ?

यस आयोजना कार्यान्वयनका लागि छनौट भएका १५ जिल्लाका २५ प्रतिशत अर्थात कूल २९२ गाउँ विकास समितिका लक्षित समुदायका निम्नानुसारका व्यक्तिहरुले आयोजनाबाट प्रत्यक्ष लाभ प्राप्त गर्नेछन् । १५ देखि २५ वर्षसम्मका किशोरी तथा महिला, गर्भवती महिला तथा ६ महिनामा गर्भवती हुन चाहने महिलाहरू, ६ महिनासम्मका बच्चाहरू तथा तिनीहरूको स्याहार गर्ने व्यक्तिहरू, ६ महिनादेखि २४ महिनासम्मका बालबालिकाहरु तथा तिनीहरूको स्याहार गर्ने व्यक्तिहरू र पोषणसँग सम्बन्धित क्रियाकलापहरूमा संलग्न समुदायहरू यो आयोजनाबाट लाभान्वीत हुनेछन ।

सिन्धुलीका कुन कुन गाविसहरुमा यो अयोजना सञ्चालित छ ?

पहिलो चरण(हाल सञ्चालनमा रहेका) १.भिमेश्वर २.वितिजोर ३.झागाँझोली रातमाटा ४.क्यानेश्वर ५.महादेवस्थान ६.पिपलमाडी ७.रानिचुरी ८. रतनचुरा  ९.खाङसाङ  दोस्रो चरण(सञ्चालनको तयारीमा रहेका गाविसहरु) १. अमले २. बस्तिपुर ३. निपाने ४. कल्पवृक्ष ५. कुश्वेश्वरदुम्जा ६. शान्तेश्वरी

कस्ले चलाएको हो कार्यक्रम ? 

जिल्ला विकास समिति सिन्धुलीको मातहतमा रहेर सिपाली नवल बिकास समाज, काभ्रे नामको गैर सरकारी संस्थाले सिन्धुली लगायत ५ वटा जिल्लामा यो आयोजना सञ्चालन गरिरहेको छ । 

कति खर्च भयो यसवर्ष ?

सुनौला हजार दिन आयोजनामा यस वर्ष जिल्लामा कुल ३ करोड ६५ लाख ८३ हजार ८३ रुपैयाँ बजेट प्राप्त भएकोमा कार्यक्रम सञ्चालन भएका ९ वटा गाविसमा २ करोड ४० हजार ९१५ रुपैयाँ खर्च गरिएको छ भने १ करोड ३० लाख ८४ हजार ७५८ रुपैया बजेट फ्रिज भएर गएको छ । जस अनुसार महादेवस्थान २४,६१,११९, क्यानेश्वर २५,५४,०८३, पिपलमाडी २५,२५,६२९, भिमेश्वर २५,०१,४३८, झागाँझोली रातमाटा २१,५६,३९१, बितिजोर ६,८१,९५९, रतनचुरा १९,७८,३८८, खाङसाङ्ग २५,६९,१५१, रानिचुरी २६,१२,७५७ रकम गत आर्थिक वर्षमा खर्च गरिएको छ । 

उपलब्धी के भयो ? 

जिल्ला विकास समिति सिन्धुलीका सामाजिक विकास अधिकृत तथा आयोजनाका सम्पर्क व्यक्ति सागर कुमार ढकालका अनुसार कार्यक्रम सञ्चालित गाविसहरुमा निम्न अनुसारका उपलब्धीहरु भएका छन ।
१. स्वच्छ खानेपानीमा पहुँच 
२. घरभित्रको घुवा रहित चुलो स्थापना 
३. गर्भवति तथा सुत्केरीहरुको प्रोटीनको मात्रामा सुधार 
४. वालवालिकाहरुलाई आमाले दुध खुवाउने व्यवाहारमा सुधार 
५. सरसफाइमा सुधार 

नाेटः  अायाेजनाकाे बारेमा सामान्य जानकारी मात्र यहाँ समेटिएकाे छ ।   खर्च भएकाे रकमकाे प्रभावकारीता  र पारदर्शीता   क्रमश प्रकाशित हुँदै जानेछ ।
प्रस्तुतीः बुदकुमार अाछामी 




,

0 comments

Write Down Your Responses