एमाओवादीद्वारा संसद बैठक बहिस्कार
१८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसदको बैठक बहिस्कार गरेको छ ।

बजेटमाथि सैद्धान्तिक छलफलका लागि भन्दै संसद बैठक बोलाइएको थियो । तर, एमाओवादीले बहिस्कार गरेपछि संसदको बैठक स्थगित भएको छ ।
बैठकमा विशेष समय लिएर बोल्दै एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले आफूहरुले उठाएको मुद्धालाई सरकारले सम्बोधन नगरेको भन्दै बैठकमा नरहने जारी गराए ।
लगतै माओवादी सभासदहरु बैठकबाट बाहिरिएका छन् । माओवादीको बहिस्कारपछि सभामुख सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी रहेको बेला संसदको बैठक संचालन गर्ने चलन नरहेको भन्दै बैठक मंगलबार बस्ने गरी स्थगित गरे ।
0 comments
Write Down Your Responses