Powered by Blogger.
एसएलसी पुरक परीक्षामा जिल्लाका ३४१७ विद्यार्थी सहभागी हुँदै

सरस्वती काफ्ले
सिन्धुली/ १९ श्रावण/ भोलीबाट देशभर सुरु हुन लागेको एसएलसी पुरक(मौका) परीक्षामा सिन्धुली जिल्लाका ३ वटा नीजी विद्यालय सहित ११२ माध्यमिक विद्यालयका ३४१७ विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ ।
२०७१ को एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गर्ने मौका परीक्षाको सम्पूर्णतयारी पूरा भएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीका विद्यालय निरीक्षक प्रेम प्रसाद त्रिपाठीले जानकारी दिए ।
बिद्यालय निरीक्षक त्रिपाठीका अनुसार पुरक परीक्षाका लागी सदरमुकाम भित्र ४ वटा परीक्षा केन्द्र निर्धारण गरीएको छ । पुरक परीक्षामा विज्ञान विषय लागेका सवैभन्दा बढी १ हजार ७७ जना परीक्षार्थी सहभागी हुँदैछन भने शिक्षा विषय लागेका सवैभन्दा कम ९ जना परीक्षार्थीले परीक्षा दिदै छन । 
त्यस्तै गणित विषयका ९१४ जना, अग्रेजी ३४९ जना, समाजशास्त्र ३२९, सामाजिक ३११ जना, नेपाली ४२ जना, अर्थशास्त्र ५० जना, जनसंख्या १३ जना र शिक्षा विषयका ९ जना परीक्षार्थीले पुरक परीक्षा दिने जनाइएको छ । 
परीक्षाका लागी सदरमुकाम भित्र जनज्योती उमावि फोस्रेटार, कमला उमावि ढुग्रेवास र नमुना गौमती उमाविमा परीक्षा केन्द्र निर्धारण गरीएको कार्यालयले जनाएको छ । 
त्यस्तै देशभरबाट पुरक परीक्षामा कुल एक लाख २४ हजार २५१ जना परीक्षार्थी सहभागी हुने र देशभर कुल २४७ परीक्षा केन्द्र निर्धारण गरिएको  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । परीक्षा साउन २७ गते सम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ । 
२०७१ सालको एसएलसी परीक्षामा २ वटा प्राविधिक सहित १२४ माध्यमिक विद्यालयहरुबाट नियमित र एक्जाम्टेड तर्फ गरी जम्मा ७ हजार ७ सय २३ जना परिक्षार्थीहरु सहभागी भएका थिए । 


, ,

0 comments

Write Down Your Responses